• असोज ३०, २०८३, शुक्रवार Friday, 16 October, 2026

बलत्कारी जो बिदेश उड्न एयरपोर्ट पुगेका थिए

  • खबरदाता

बलत्कारी जो बिदेश उड्न एयरपोर्ट पुगेका थिए

 

पक्राउ परेका मध्ये ८ जना एउटै गाउँपालिका भित्रका रहेका छन।

पुस १५,२०७८

 

सोमबार काठमाडौं आइपुगेकी सुर्खेतकी एक महिला आफु बलात्कार भएको भन्दै प्रहरी प्रभाग बसपार्क पुगिन।

उनले आफुलाइ १० जनाको समूहले नयाँ बसपार्कबाट १६ घन्टा नियन्त्रणमा लिएर बलात्कार गरेको भन्दै मौखिक उजुरी दिइन।

राजधानीमै यति जघन्य अपराधको उजुरी प्रहरीका लागि नै अचम्मलाग्दो थियो । तर, अनुसन्धानका क्रममा महिलाको उजुरी सही साबित भयो, मंगलबार र बुधबार गरि सामूहिक बलात्कारमा संलग्न नौजनालाई पक्राउ गर्न प्रहरी सफल भयो।

प्रहरीका अनुसार सोमबार बेलुका ८ बजेदेखि मंगलबार मध्याह्न १२ बजेसम्म करिब १६ घन्टा नियन्त्रणमा लिएर उनीहरूले नयाँ बसपार्क क्षेत्रका तीन गेस्टहाउसमा लगेर ३४ वर्षीया महिलालाई बलात्कार गरेका थिए ।

एयरपोर्टबाटै समातिए अन्तिम पटकका बलत्कारी

महिलाको बयानअनुसार उनी सोमबार सुर्खेतबाट काठमाडौं आएकी थिइन् । बसपार्कमा एक जना व्यक्तिले उनलाई भेटेर काम दिलाइदिने आवाश्वसन दिए ।

‘ती व्यक्तिको नम्बर उनले एउटा चिटमा लेखेर आफ्नो ब्याग भित्र राखेकि रैछिन्’ अनुसन्धानमा संलग्न काठमाडौं प्रहरीका एक अधिकृत भन्छन्, ‘पीडितले खबर गर्नेवित्तिकै बसपार्क प्रहरीले त्यही नम्बरमा फोन गर्‍यो , त्यसयता त्यो नम्बर बन्द छ ।’ स्रोतका अनुसार त्यो नम्बर रातभर बसपार्क क्षेत्रमै देखिएको छ ।

सीसी क्यामरा विश्लेषणका आधारमा प्रहरीले ९ जनालाई पक्राउ गरिसकेको छ । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार बसपार्कका शंकास्पद होटलहरुको सीसी टिभी फुटेज हेर्दा एउटामा पीडित महिला देखिइन् ।

‘सँगै रहेका पुरुषलाई देखाएर सोध्दा उनले अन्तिममा आफूमाथि करणी गर्ने व्यक्ति त्यही भएको बताइन्’ अनुसन्धानमा संलग्न अधिकृत भन्छन्, ‘त्यसपछि त्यो हुलियाको व्यक्तिबारे अनुसन्धान गर्दा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगिसकेको खुल्यो ।’

प्रहरीका अनुसार ती अर्घाखाँचीको शीतगंगा नगरपालिका–१२ का गोपालकुमार शिरिष थिए । ‘उनको राति ११ बजेको फ्लाइट रहेछ, बलात्कारमा संलग्न देखिएपछि विमानस्थलबाटै समातेर ल्यायौं’ स्रोत भन्छ ।

सीसी टीभी फुटेजकै आधारमा अनुसन्धान गरिरहँदा थप व्यक्तिहरु पनि पक्राउ पर्दै गए । ‘पक्राउ पर्नेका बयानबाट हेर्दा घटना तीन वटा ठाउँमा भएको देखिन्छ’ एसएसपी गिरी भन्छन्, ‘दुई वटा होटल पुष्टि भइसकेको छ, थप एक ठाउँ स्पष्ट भइसकेको छैन ।’

पक्राउ पर्ने मध्ये ८ जना एकै गाउँपालिकाका

हिक्मत नेपाली, रतन नेपाली, शिवहरि बुढा, सुरेश सेजुवाल, दीपक नेपाली, युवराज बडुवाल, हस्त नेपाली र चन्द्र साउद छायाँनाथ नगरपालिकाका हुन् । अर्का आरोपी गोपालकुमार शिरीष भने अर्घाखाँची स्थायी घर भई कपिलवस्तुको बुद्धभूमिमा बस्दै आएका युवक हुन् ।

घटनामा संलग्न एक जना अझै फरार रहेको र उनको खोजी भइरहे प्रहरीले जनाएको छ।

  • प्रकाशित मिति : पुस १५, २०७८, बिहीवार ०१:१४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८