पुस १३,२०७८
रौतहटको गरुडामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।
गौर बाट जन्ती बोकेर गरुडा तर्फ जादै गर्दा भारतीय बिआर ०५पिए ६९५३ नम्बरको जिप दुर्घटना भएको गरुडा प्रहरीले जनाएको छ।
मृत्यु हुने सबै गडिमाइ गाउँपालिका वडा नम्बर ३ का रहेको प्रहरीलेको भनाइ छ।
प्रहरीका अनुसार मंगलबार दिउँसो पौने ४ बजेको समयमा सो दुर्घटना भएको हो। जिपमा ९ जना सवार रहेकामा ६ जनाको मृत्यु भएको र अन्यको विभिन्न अस्पतालमा उपचार भइहेको छ।
गरुडा अस्पतालमा ३ जनाको ,बिरगंज लैजादै गर्दा १ जना ,सुकदेब चोकमा १ जना र हेल्प लाइन अस्पतालमा १ गरि ६ जनाको मृत्यु भएको हो।
बिस्तृत विवरण आउन बाकि रहेको गरुडा प्रहरीले जनाएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८