• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चितवनमा ३ सयौं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइने

  • खबरदाता

चितवनमा ३ सयौं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइने

 

पुस १०,२०७८

चितवनमा यहीँ पौष २७ गते ३ सयौं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइने भएको छ।

पृथ्वीनारायण शाह स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष मोहन शाहको अध्यक्षतामा सनिवार भरतपुरमा बसेको बैठकले सो निर्णय गरेको हो।

पृथ्वीनारायण शाहको देन कुनै पार्टी , संघसंस्था या समूहको लागि मात्र नभएकोले उक्त कार्यक्रममा सबै संघ ,संस्था ,नागरिक समाज , दल लगायत सम्पुर्ण स्वतन्त्र ,स्वाभिमानी नेपालीलाई आवद्ध हुन अपिल गरिएको छ।

कार्यक्रम आउदो २७ गतेदेखि ११ बजे पारस बसपार्कबाट र्‍याली सुरुभइ जिल्ला बिकास समितिको सभा हलमा पुगि कार्यक्रममा सहभागि हुने जनाइएको छ।

आज भएको बैठकमा राष्ट्रिय शक्ति नेपाल ,बाह्मण समाज ,राप्रपा नेपाल,ठकुरी समाज,शिवसेना नेपाल, काङ्ग्रेस , एमाले , माओवादी केन्द्र लगायत नागरिक समाजका अगुवा कार्यकता तथा नेताको पनि उपस्थिति रहेको आयोजकले दाबि गरेका छन।

  • प्रकाशित मिति : पुस १०, २०७८, शनिवार १५:३२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८