पुस ९,२०७८–शंकर चिमरीया
चितवनका थप दुईजना मन्त्री बनेका छन।
शुक्रबार मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रीपरिषद् विस्तार गर्दै नेपाली कांग्रेसको तर्फबाट सांसद मिलनबाबु श्रेष्ठ र बलराम पौडेललाई मन्त्रीमा नियुक्त गरेका हुन् ।
श्रेष्ठलाइ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र पौडेललाइ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको हो।
चितवनबाट यसअघि नेकपा ९माओवादी केन्द्र०का नेता घनश्याम दाहाल श्रम, रोजगार तथा यातायात मन्त्रीमा नियुक्त भइसकेका छन् । यसअघिसंगै पाण्डे सरकारमा चितवनबाट तीन मन्त्री रहेका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८