• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

श्रीमतीको हत्या गरेको अभियोगमा भरतपुरबाट एक पक्राउ

  • खबरदाता

श्रीमतीको हत्या गरेको अभियोगमा भरतपुरबाट एक पक्राउ

पुस ८,२०७८

आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा चितवन प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

भरतपुर महानगरपालिका वडा नं। ६ अमरबस्ती बस्ने वर्ष २५ को साजन महतोलाइ यहीँ पुस ६ गते पक्राउ गरिएको हो। पुस ५ गते राती निजकि श्रीमती बर्ष २२ की अम्बिका महतो आफ्नै घर छेउमा लडेको र ६ गते आफन्तले थाहा पाएर अस्पताल पुर्‍याउदा उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ।

मृतकको शरीरमा लागेको घाउँचोट र घटनास्थलको प्रकृती हेर्दा अस्वभाविक लागी अनुसन्धान गर्ने क्रममा निज अम्बिका महतोलाई निजकै श्रीमान साजनले कुटपिट गरी हत्या गरेको खुल्न आएकोले निज साजन महतोलाई ६ गते पक्राउ गरी ज्यान सम्बन्धी कसुरमा सम्मानित जिल्ला अदालतबाट म्याद थप अनुमती लिई अनुसन्धान कार्य भईरहेको चितवन प्रहरीले जनाएको छ।

  • प्रकाशित मिति : पुस ८, २०७८, बिहीवार १४:३४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८