• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

लिटल फ्लावर स्कुलको ‘इन्टर स्कुल डान्स फेष्ट’ मा न्यू होराइजन प्रथम

  • खबरदाता

लिटल फ्लावर स्कुलको ‘इन्टर स्कुल डान्स फेष्ट’ मा न्यू होराइजन प्रथम

 

पुस ७,२०७८

लिटल फ्लावर स्कुलले गरेको ‘इन्टर स्कुल डान्स फेष्ट’ ( अन्तर बिद्यालय नृत्य प्रतियोगिता )मा न्यु होराइजन स्कुल प्रथम भएको छ।

नारायणगढमा रहेको सो बिद्यालयले हरेक बर्ष आयोजना गर्दै आएको ‘इन्टर स्कुल डान्स फेष्ट’ मा सनराइज स्कुल भरतपुरले दोस्रो स्थान प्राप्त गर्न सफल भएको छ। प्रथम हुने होराइजनले ३० हजार रुपैयांँ नगद ट्रफी र प्रमाणपत्र र द्धितिय स्थान हासिल गर्ने सनराइज स्कुलले २० हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

यस्तै लिटल फ्लावरको यो चौथौं संस्करण अन्तर्गत भएको नृत्य प्रतियोगितामा तृतीय स्थानमा आदिकवि भानुभक्त मावि नारायणगढ र बेष्ट कोरियोग्राफरको स्थान अर्किड स्कुल भरतपुरले हासिल गरेको हो । आदिकवि भानुभक्तले १५ हजार रुपैंया ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ भने अर्किड स्कुलले ट्रफी र प्रमाणपत्र प्राप्त गरेको थियो ।

उक्त प्रतियोगितामा चितवन र नवलपुरका गरी २५ वटा बिद्यालयले सहभागिता जनाएका थिए ।

सो अवसरमा स्वागत मन्तव्य दिदैं लिटर फ्लावर स्कुलका प्रिन्सिपल फादर रोवीले अन्तरस्कुल बीच हुने यस्ता प्रतियोगिताले भाइचाराको सम्बन्ध स्थापना गर्ने बताए।उनले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्धेश्यले हरेक बर्ष नृत्य लगायत अन्य कार्यक्रम गर्दै आएको समेत बताए । ‘यस्ता कार्यक्रमले स्कुलबीचको एकता र हारमोनी पनि कायम रहन्छ, फादर रोवीले भने, विद्यार्थीको नेतृत्व र व्यत्तित्वको पनि विकास हुन्छ ।’ अध्ययनको साथै अतिरित्त क्रियाकलाप विद्यार्थीको लागि अपरिहार्य रहेको भन्दै यस्ता कार्यक्रमलाई बिद्यालयले निरन्तरता दिदै जाने बताए ।

नृत्य प्रतियोगिता कार्यक्रमको प्रमुख अतिथि चलचित्र क्षेत्रकी अभिनेतृ रेखा थापाले नृत्य विद्यार्थीहरुको लागि सिर्जना र प्रतिभा देखाउने मौका भएको बताईन ।
विद्यार्थीले आफ्नो प्रतिभालाई तिखार्दै लैजानुपर्ने भन्दै यसले नेपाली कला ,संस्कृतिको जगेर्ना गर्न समेत मदत पुग्ने उनको भनाइ थियो।

कार्यक्रममा तीनजना समुहको निर्णायक मण्डलले प्रतियोगी छनौट गरेका थिए । नृत्य प्रतियोगितामा नेपाली संस्कृति, राष्ट्रभक्ति तथा विभिन्न जातजातीको संस्कृति झल्काउने नृत्य प्रस्तुत गरिएको थियो ।

  • प्रकाशित मिति : पुस ७, २०७८, बुधवार १६:०१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८