• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

भरतपुरमा खुल्यो ३२ करोड लगानीमा ‘चितवन मिडटाउन रिसोर्ट’


भरतपुरमा खुल्यो ३२ करोड लगानीमा ‘चितवन मिडटाउन रिसोर्ट’

 

पुस ५,२०७८

चितवनको भरतपुरमा नयाँ होटल संचालनमा आएको छ।विभिन्न क्षेत्रका ६२ जनाको लगानी रहेको उक्त होटल हाकिमचोकमा राजमार्ग संगै संचालनमा आएको हो।

स्वोदेसि तथा बिदेशी पर्यटकलाइ लक्षित गरि संचालनमा ल्याइएको चितवन मिडटाउन रिसोर्ट (सिएमटि) १ बिघा क्षेत्रफलमा रहेको छ।

सोमबार भरतपुरमा पत्रकार सम्मलेन गरी रिसोर्ट व्यवस्थापनले औपचारिक रुपमा सेवा सञ्चालन गरिएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै रिसोर्टका अध्यक्ष भेषराज दुवाडीले भरतपुर शहरका विभिन्न व्यवसाय , पेशा तथा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै रिसोर्ट सञ्चालनमा ल्याईएको जानकारी दिए ।

रिसोर्टमा राजमार्ग भएर हिड्ने यात्रुको लागि यथेष्ट पार्किङ्ग र सबै सुविधा सहितको सेवा दिने उद्धेश्य सहित रिसोर्ट सञ्चालन ल्याइएको हो । लामो दुरिका निजि सवारीसाधन प्रयोग गरि यात्रा गर्नेलाइ पावर स्लिपको समेत ब्यबस्था गरिएको छ। जसमा रातको जिनसुकै समयमा आएर ३/४ घन्टा आराम गर्न पाइने छ।

होटलमा ४२ ओटा आधुनिक सुबिधा सम्पन्न रुमहरु रहेको सिएमटिका प्रबन्ध निर्देशक मदन घिमिरेले बताए।
उनका अनुसार रिसोर्टमा २ हजार ५०० सिट क्षमताको इभेन्ट हल, र अन्य साना दुइवटा हल रहेका छन । जसमा २ सय र ७ सय जना क्षमता रहेको छ

एकैपटक सयजनालाई भोजन गराउन सकिने भोजनालय, बार कफिसप , स्वीमिङ्ग पुल, वाल ग्यासकेट, यथेष्ट सहित वाटर फाउण्टेनको व्यवस्था रहेको छ ।

चितवनमै पहिलोपटक युरोपियन प्रविधिको किचन र वातावारणमैत्री विजुली र वाफबाट खाना पाक्ने प्रविधि प्रयोग गरिएको दुवाडीको दाबी छ । आगामी दिनमा डिस्को बार सहितको अत्यधुनिक बसको सुविधा दिन लागिएको बताउंँदै अध्यक्ष दुवाडीले विभिन्न पर्यटकीय स्थलहरुमा पर्यटकलाई डिनरको सुुविधा सहित घरसम्म पुरयाउने व्यवस्था गरिने बताए ।

कार्यक्रममा बोल्दै रिसोर्टका प्रबन्ध निर्देशक मदन घिमिरेले भुकम्प प्रतिरोधात्मक फलामे पिल्लर र संरचना सहितको रिसोर्ट निर्माण सम्पन्न गरेसंँगै सेवा शुरु गर्न लागेको जानकारी दिए । घिमिरेका अनुसार अहिले ६२ जनाले प्रत्यक्ष रोजागारी पाएको र निकट भविष्यमा यो संख्या सय सम्म पुग्न सक्ने उनले बताए ।

राजमार्ग भएर हिड्ने यात्रुको लागि छोटो समयको लागि आराम गर्ने र सुत्ने सुविधा समेतको व्यवस्था गरिएको घिमिरेले बताए ।


यसलाइ बिजनेस क्लबको रुपमा परिबर्तन गर्दै अन्य स्थानमा पनि ब्यापार संचालनमा ल्याउने रिसोर्ट ब्यबस्थापनले जनाएको छ।

  • प्रकाशित मिति : पुस ५, २०७८, सोमवार ०८:१२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८