पुस ४,२०७८
चितवनको भरतपुरमा सञ्चालित छैटौ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीमा ३ उद्योग पुरस्कृत भएका छन।
पुरस्कृत हुनेहरुमा रारा जुस प्रोडक्सन उद्योग कर्णाली प्रदेश मुगु प्रथम, कोठी हिमाल अल्लो कपडा उद्योग लुम्बिनी प्रदेश, प्युठान द्वितीय, मितेरी जैविक प्याड उत्पादन केन्द्र बागमति प्रदेश तृतीय घोषणा भएका हुन।
आ–आफ्ना उद्योगहरुबाट उत्पादित वस्तुहरुको प्रर्दशनी गरेका प्रदर्शकहरु मध्येबाट तीन उद्योगलाई अनुगमन, निरीक्षक एवम् उत्पादन वस्तुका आधारमा “प्रदर्शनीका उत्कृष्ट लघु, घरेलु तथा साना उद्यमीहरुको पुरस्कार ” बाट सम्मान गरिएको छ ।
प्रथम हुनेले एकलाख, द्वितीयले ७५ हजार, र तृतीय हुनेले नगद रु ५० हजार प्राप्त गरेका हुन ।
पुरस्कार घोषणा कार्यक्रममा चितवन उद्योग संघका निवर्तमान अध्यक्ष राजु पौडेल, उपाध्यक्षहरु सूर्यप्रसाद न्यौपाने, युग राज वस्ती, मदन चिरञ्जीवी पोखरेलको सहभागिता रहेको थियो ।
पुरस्कार घोषणा कार्यक्रम उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय लघु घरेलु तथा साना उद्योग प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशक ऋषिराम रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो।
सो घोषणा कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेल प्रमुख अतिथि रहेका थिए।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८