• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

भरतपुरमा सोमबार दिउँसो १ देखि ४ बजे सम्म लाइन जाने

  • खबरदाता

भरतपुरमा सोमबार दिउँसो १ देखि ४ बजे सम्म लाइन जाने

 

पुस ४,२०७८

नियमित मर्मत कार्यको लागि भन्दै विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले भोलि ९ सोमबार ० दिउँसो विद्युत कटौती गर्ने भएको छ।

भरतपुर बसेनी स्थित १३२-३३-११ केभिए सब-स्टेसनमा मर्मत कार्य गर्नकालागि विद्युत सेवा अबरुद्ध गर्न लागिएको विद्युत प्राधिकरण भरतपुरका इन्जिनियर राजेन्द्र पौडेलले बताए ।

पौडेलका अनुसार सोमबार दिउँसो १ बजे देखि ४ बजे सम्म फिडर सटडाउन गरिने हुँदा विद्युत अबरुद्ध हुने छ । उनका अनुसार औद्योगिक फिडर ९ शिबघाट एरिया ०, भृकुटी फिडर अर्थात भरतपुर वडा नम्बर १ र २ पुरै लाइन जाने छ।

यस्तै कल्याणपुर फिडर अन्तर्गत भरतपुर ५, हस्पिटल फिडर र कोकाकोला फिडरमा समेत विद्युत अबरुद्ध हुने पौडेलले बताए।

केहि महिना अघि बसेनि सब स्टेशनका दुइवटै ट्रान्सफरमर करिब ५ दिन भरतपुर लगायतका स्थान पुरै अन्धकार भएका थिए।

  • प्रकाशित मिति : पुस ४, २०७८, आइतवार ११:३२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८