पुस २,२०७८
नेपाली कांग्रेसको १४ औं महाधिवेशको निर्बाचन समितिले सभापति , उपसभापति ,महामन्त्री र सहमहामन्त्रीको परिणाम सार्बजनिक गरेको छ।
शुक्रबार साँझ सबै क्लस्टरका सहमहामन्त्रीको परिणाम आएपछि कांग्रेसका १३ पदाधिकारीको टुंगो लागेको हो।
जसअनुसार सभापतिमा शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरूङ, महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय, जीवन परियार, भीष्मराज आङ्देम्बे, फर्मुल्लाह मन्सुर, किशोरसिंह राठौर, महेन्द्र यादव र उमाकान्त चौधरी निर्वाचित भएका छन्।
जसमध्ये देउवा र खड्कामात्रै यसअघि पदाधिकारीमा थिए भने अरु सबै नयाँ अनुहार रहेका छन।
यो टिममा उमेरका हिसाबले पनि नयाँ पुस्ताको बाहुल्य देखिएको छ। सभापति देउवा ७५ वर्षका छन्। उपसभापतिमा झण्डै २० वर्ष कान्छा खड्का र गुरुङ आएका छन्। खड्का ५३ र गुरुङ ५६ वर्षका भए।
त्यस्तै, महामन्त्री भने उपसभापतिभन्दा पनि कम उमेरका छन्। थापा ४५ वर्षका भए भने शर्मा ५१ वर्षका भए। सहमहामन्त्रीमा निर्वाचित कांग्रेस नेताहरू पनि चार(पाँच दशकको उमेरकै हाराहारीका छन्।
यस्तै, पदाधिकारीमा विभिन्न समूहबाट पनि नेता आएका छन्। उपसभापति खड्का देउवा पक्षका हुन् भने गुरुङ सभापतिका प्रत्याशी डा। शेखर कोइराला पक्षका हुन्।
महामन्त्रीमा भने देउवा पक्षका दुवै नेता प्रकाशशरण महत र प्रदीप पौडेल पराजित भएका छन्। महामन्त्री बनेका थापा डा।कोइराला पक्षबाट चुनाव लडेका थिए भने शर्मा सभापतिका प्रत्याशी प्रकाशमान सिंह पक्षबाट उम्मेदवार बनेका थिए।
सहमहामन्त्रीमा भने देउवा पक्षकै बाहुल्य छ। पिछडिएको क्षेत्रबाट आएका पाण्डे डा। कोइराला पक्षका हुन् भने अन्य सबै देउवाको पक्षबाट चुनाव लडेका नेता हुन्।
कांग्रेस केन्द्रीय सदस्यमा पनि खुलासँगै विभिन्न क्लस्टरबाट केन्द्रीय कार्यसमितिमा आउने व्यवस्था गरिएको छ। पदाधिकारी बाहेक १२१ जना केन्द्रीय सदस्य आउनेछन्। केन्द्रीय सदस्यको मतगणना गर्न बाँकी छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८