मंसिर २९,२०७९
भरतपुरको बाइपास रोडमा बसले मोटरसाइकललाइ ठक्कर दिँदा एक जनाको मृत्यु भइ एक जना घाइते भएका छन।
मृत्यु हुनेमा चितवन खैरेनी २ बस्ने बर्ष ५५ का रामहरि श्रेष्ठ रहेका छन । उनको उपचारका क्रममा साँझ ७ भरतपुर मेडिक कलेजमा मृत्यु भएको थियो। । सोहि मोटरसाइकलमा सवार सोहि स्थान बस्ने बर्ष ५४ का पुरन श्रेष्ठको उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ।
साँझ साढे ६ बजेको समयमा आँफटारिबाट मालोपत चोक तर्फ जादै गरेको ना १ क ४७९८ नम्बरको अर्किड कलेजको बसले सोही दिसा तर्फ जादै गरेको ना ६१ प ४४०८ नम्बरको मोटरसाइकललाइ ठक्कर दिएको हो।
कलेज बस र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८