• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

कोइरालाको पक्षमा लबिङ गर्न पौडेललाइ महाधिवेशन प्रतिनिधिहरुको दबाब

  • खबरदाता

कोइरालाको पक्षमा लबिङ गर्न पौडेललाइ महाधिवेशन प्रतिनिधिहरुको दबाब

 

मंसिर २८,२०७८

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्रलाइ शेखर कोइरालाको पक्षमा लबिङ गर्न चर्को दबाब परेको छ।

पौडेलले महाधिवेशन प्रतिनिधिको सम्मानमा मंगलबार लैनचौरस्थित ब्यांक्वेटमा गरेको चियापानमा कोइरालाको पक्षमा नखुलेको भन्दै महाधिवेशन प्रतिनिधिहरुले उनीविरुद्ध नाराबाजी समेत गरेका थिए।

पौडेलले सभापतिका प्रत्यासी डा।शेखर कोइरालाको पक्षमा नबोलेको भन्दै महाधिवेशन प्रतिनिधिहरूले नाराबाजी गरेका हुन । अब दोस्रो चरणको मतदानमा कोइरालाको पक्षमा लबिङ गर्न समेत उनीहरुले पौडेललाइ दबाब दिएका छन।

यदि पौडेलले कोइरालाको पक्षमा मत हाल्न अपिल गरेको भए उनको मत बढी आउने र दोस्रो चरणमा देउवालाई सहजै पराजित गर्ने शेखर पक्षका महाधिवेशन प्रतिनिधिको दाबी छ ।

नेपाली कांग्रेसको नेतृत्वका लागि भएको निर्वाचनअन्तर्गत सभापतिको मतगणनाको अन्तिम परिणाममा कसैले बहुमत प्राप्त गर्न नसकेपछि अब दोस्रो चरणको मतदान हुने भएको छ। दोस्रो चरणमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने छ ।

पौडेलले आयोजना गरेको चियापानमा प्रधानमन्त्री देउवा पनि पुगेका छन् । ५१ प्रतिशत मत नआएपछि महाधिवेशन प्रतिनिधिलाई मनोवैज्ञानिक दबाब दिन पनि देउवा चियापानमा पुगेको कोइराला निकट नेताहरूको दाबी छ ।

  • प्रकाशित मिति : मंसिर २८, २०७८, मंगलवार ०५:१७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८