• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

एमसीसी बिरुद्ध चितवन बन्द : १२ जना बन्दकर्ता पक्राउ

  • खबरदाता

एमसीसी बिरुद्ध चितवन बन्द : १२ जना बन्दकर्ता पक्राउ

 

मंसिर २८,२०७८

एमसिसि बिरुद्ध मंगलबार गरिएको चितवन बन्दको क्रममा १२ जना पक्राउ परेका छन।

नारायणगढ क्षेत्रबाट १० र भणडाराबाट २ जना बन्दकर्तालाइ पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ।

बन्द कर्ताले नारायणगढ रको पुल्चोकमा बागमती प्रदेश ०३-००१ ख १३१२ नम्बरको ट्रकमा तोडफोड गरेका छन।बन्दकर्ताले ढुङ्गा प्रहार गर्दा ट्रकको अगाडीको सिसा फुटेको छ।

एमसीसी खारेजी अभियान संयुक्त संघर्ष समिति चितवनले अमेरिकन मिलेनीयम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को बिरोधमा आज चितवन बन्दको आयोजना गरेको हो।

चितवनमा बन्दको प्रभाब भने सामान्य परेको छ। छोटो दुरिका अटो, म्याजिक भ्यान र मोटरसाइकल निर्बाध रुपमा चलेका छन। बाहिरबाट आएका लामो दुरिका सवारीसाधनलाइ प्रहरीले स्कर्टिङ गरि गन्तव्यमा पठाएको छ।

मुख्य बजारका पसलहरु भने खुलेका छैनन।अहिले बन्दकर्ताले लायन्स चिक पुल्चोकमा नाराजुलुस गरिरहेका छन।

१३ राजनीतिक दलले बन्दको समर्थन गरेको दाबि गरिएतापनि नारायणगढको पुल्चोकमा केहि बन्दकर्ता बसेर एमसिसि बिरुद्ध पर्चा बाडिरहेको मात्र देख्न सकिन्छ ।

प्रहरीले बजारका मुख्य भागमा सुक्षा सतर्कता बढाएको छ।

  • प्रकाशित मिति : मंसिर २८, २०७८, मंगलवार ०४:५८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८