मंसिर २७,२०७८
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नेतृत्व भएको चुनावमा फेरि मत पत्र सकिएको छ।
मतपत्र सकिएपछि मतदान रोकिएको छ । छापिएका मतपत्रहरू आउने क्रममा रहेको र मतपत्र आएपछि पुनः मतदान सुरु हुने जनाइएको छ ।
मतदानस्थलमा राखिएको मतपत्र सकिएपछि अहिले महाधिवेशन प्रतिनिधिहरु मतपत्रको प्रतीक्षामा लाइनमा बसिरहेका छन् । राष्ट्रियसभागृहमा मतपत्र नभएर मतदान रोकिएको विहानदेखि यो तेस्रो पटक हो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८