• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

संसद विघटनको विपक्षमा बहस गरेका पोखरेल केन्द्रिय सदस्यमा परेनन्

  • खबरदाता

संसद विघटनको विपक्षमा बहस गरेका पोखरेल केन्द्रिय सदस्यमा परेनन्

 

मंसिर २६,२०७८

नेकपा एमाले चितवनका लोकप्रिय मानिने सांसद कृष्णभक्त पोखरेल एमाले केन्द्रिय सदस्यमा पर्न सकेनन।

सनिवार र आइतबार बसेको एमालेको केन्द्रिय कमिटीको बैठकले ४३ जनालाइ केन्द्रीय सदस्यहरू मनोनित गरेको हो। तर चितवनको सौराहामा केपी ओलीको पकेट भित्र नपरेका पोखलेल मनोनीतको लिस्टमा पर्लान भन्ने सबैको अनुमान थियो।

मनोनितको सूचीमा पुर्बका ब्यापारी दुर्गा प्रसाईंदेखि महाधिवेशन स्थलबाट बिचैमा हिंडेका लालबाबु पण्डितसम्म अटाउँदा पोखरेल भने पाखा परेका छन।आफ्नो विपक्षमा अदालतमा बहस गरेका आधारमा पोखरेललाइ ओलीले केन्द्रिय सदस्यहुनबाट पाखा लगाएको जानकारहरु बताउँछन।

माधब नेपाल निकट मानिने पोखरेलले ओलीले गरेको प्रतिनिधि सभा विघटनका विपक्षमा बहस गरेका थिए।तर अदालतले एमाले र माओवादी अलग हुने फैसला गरेपछि भने पोखरेल एमालेमै लागेका थिए।

प्रतिनिधि सभाको निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित पोखरेल संसदको कानुन, न्याय तथा मानवअधिकार समितिको सभापति हुन्। उनी नेकपा एमालेको निर्वाचित जिल्ला अध्यक्ष हुन्। एमाले र माओवादी केन्द्रकाबीच एकता हुँदा उनले माओवादीका नेता यमबहादुर परियारलाई अध्यक्ष मानेर जिल्ला सचिव भएका थिए।

दस बुँदे एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने भनिए पनि पोखरेलको अध्यक्ष पद पुनर्वहाली भएन। एमाले चितवन अध्यक्ष बनिसकेकी राष्ट्रिय सभा सदस्य पार्वती रावलले अध्यक्ष पद छाडिनन्।

तर केन्द्रीय समितिले विधान बमोजिम मनोनित गर्ने सूचीमा आफू पर्नेमा पोखरे ढुक्क थिए।

  • प्रकाशित मिति : मंसिर २६, २०७८, आइतवार १५:१७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८