• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

आज उम्मेद्बारी दर्ता ,प्रकाशमान र शेखरका कारण पौडेल पक्ष अन्योलमै

  • खबरदाता

आज उम्मेद्बारी दर्ता ,प्रकाशमान र शेखरका कारण पौडेल पक्ष अन्योलमै

मंसिर २५,२०७८

नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सनिवार उम्मेद्बारी दर्ता हुँदै छ।

उम्मेद्बारी दर्ता हुने दिन सम्म पनि संस्थापन इतर समूहले सभापतिको साझा उम्मेदवार छान्न सकेको छैन ।

शुक्रबार महाधिवेशन उद्घाटन सत्र सकिएलगत्तै बत्तिसपुतलीमा साझा उम्मेदवार छान्न करिब चार घन्टा बैठक बसे पनि उम्मेदवार छान्न नसकेर शनिबार फेरि छलफल गर्ने तयारी छ।

बैठकपछि सकारात्मक दिशातर्फ नै अगाडि बढेको बताएका बताइए पनि प्रकाशमान सिंह र शेखर कोइरालाले एकअर्कालाई पद छाड्न तयार नहुदा सकस अझै नफुकेको हो।

सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरू शशांक कोइराला, प्रकाशमान सिह र शेखर कोइराला आकांक्षी छन्। रामचन्द्र र शशांक सभापति नउठ्न राजी भए पनि प्रकाशमान र शेखर एकअर्कालाई छाड्न तयार देखिएका छैनन्।

शनिबार बिहान १० देखि अपराह्न ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्नुपर्नेछ।

  • प्रकाशित मिति : मंसिर २५, २०७८, शनिवार ०१:०६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८