• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

जनताबाट बिश्वास गुमायौं, जनताका नजरमा नेताबाट चोर भयौं : लिङ्देन

  • खबरदाता

जनताबाट बिश्वास गुमायौं, जनताका नजरमा नेताबाट चोर भयौं : लिङ्देन

 

मंसिर २४,२०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का अध्यक्ष राजेन्द्र लिङदेनले देशका नेताहरु जनताको नजरमा धेरै गिरेको बताएका छन। नेताहरु गाउँ घरमा जादा जनताले नेतालाई चोर भन्न थालेको बताएका छन।

शुक्रबार नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन सत्रको कार्यक्रममा शुभकामना मन्तवब्य राख्दै लिङदेनले उक्त कुरा बताएका हुन।उनले भने , “पहिले गाउँमा जाँदा कुन नेता आनुभएको छ भन्ने थरिन्थ्यो,” लिङदेनले भने, “अहिले कुन चोर आएछ भन्ने गरेका छन्।”

यस्तो अवस्थामा आउनुमा सबै नेता दोषी रहेको उनको भनाइ थियो। नेताहरूले ठीक ढंगले काम नगर्दा सबैतिर लथालिङ्ग भएको लिङदेनले बताए।

“सरकार सरकारजस्तो छैन, संसद् संसद्जस्तो छैन, अदालत अदालतजस्तो छैन। यो सबलाई ठीक बनाउने राजनीति पनि ठीक छैन,” लिङदेनले भने, “राजनीतिलाई ठीक बनाउने नेताले पनि विश्वास गुमाएका छन्।”

अब सबै एकजुट भएर यो अवस्था परिवर्तन गर्न लाग्नुपर्ने उनको भनाई थियो। यसका लागि राजसंस्थासहितको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने लिङदेनले जिकिर गरे।

  • प्रकाशित मिति : मंसिर २४, २०७८, शुक्रवार १०:२९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८