• जेठ ५, २०८१, शनिवार Saturday, 18 May, 2024

शुरु भयो काङ्ग्रेसको १४ औं महाधिवेशन

  • खबरदाता

शुरु भयो काङ्ग्रेसको १४ औं महाधिवेशन

मंसिर २४,२०७८

नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनको उद्घाटन सत्र सुरु भएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आज महाधिवेशनको उद्घाटन गरेका छन्। उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका प्रमुख नेताहरु सहभागी छन्।

चार दिनसम्म चल्ने महाधिवेशनले कांग्रेसको १३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछ। जसमा सभापति लगायत १२ पदाधिकारी छन्।

कांग्रेस सभापतिका लागि पाँच जनाले र महामन्त्रीका लागि १० जनाले उम्मेदवारी दाबी गरेका छन्।

शनिबार मतदाता नामावली सार्वजनिक गरिने भएको छ भने आइतबार उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ। सोमबार उम्मेदवारी फिर्ता गर्ने समय तोकिएको छ भने मंगलबार मतदान हुनेछ।

  • प्रकाशित मिति : मंसिर २४, २०७८, शुक्रवार १०:१४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८