बूढानीलकण्ठमा देउवा समुहको बैठक, कुन कुन पदमा क- कसले गरे दाबी ?

  • खबरदाता
  • मङि्सर २२, २०७८

 

मंसिर २२,२०७८

नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनमा छलफल गर्न प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो समुहको बैठक बोलाएका हुन ।

देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको बैठकमा महाधिवेशनको तयारी,आफ्नो समुहको चुनावी रणनिति , महाधिवेशनमा पदाधिकारीका उम्मेदवारीलगायत विषयमा छलफल भएको छ ।

सभापति देउवाले आफु सभापतिमा उठ्ने बताइसकेका छन। आजको बैठकमा अन्य पदाधिकारीका उम्मेदवारबारे छलफल भएको थियो ।

बैठकमा सामेल भएका नेताहरुले आफ्नो धारणा राखेका थिए। महामन्त्रीमा प्रकाशशरण महत र विश्वप्रकाश शर्माले दाबी प्रस्तुत गरेका छन् ।

डिना उपाध्याय, पार्वता डिसी र अम्बिका बस्नेतले महिला सहमहामन्त्रीमा दाबी प्रस्तुत गरेका थिए भने किशोर सिंह राठौरले खस आर्य सहमहामन्त्रीमा दाबी प्रस्तुत गरेका थिए ।

मानबहादुर विश्वकर्माले दलित कोटाबाट सहमहामन्त्री, अक्तर कमाल मुसलमान र फरमुल्लाह मन्सुरले मुसलमान कोटाबाट सहमहामन्त्रीले दाबी गरेका थिए । राम जनम चौधरी थारुबाट सहमहामन्त्री​, सुनिल थापाले हाल कायम रहेको सहमहामन्त्री, महेन्द्र यादवले मधेसी सहमहामन्त्रीमा दाबी प्रस्तुत गरेका थिए ।

विजय कुमार गच्छदार उपसभापतिमा नै दाबी प्रस्तुत गरेका थिए भने रमेश लेखकले सभापतिबाहेक पदाधिकारीमा दाबी रहने बताए पनि पद भने खुलाएनन् ।

काँग्रेस पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सह महामन्त्रीको निर्वाचन हुने र एक कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यबाट निर्वाचित हुने पार्टी विधानको प्रावधान छ ।

  • खबरदाता
  • प्रकाशित मिति:मङि्सर २२, २०७८

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८