• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

एमाले र गैंडामा केही समानता छन्, त्यसैले एमालेले गैंडा रोज्यो– भट्टराई


एमाले र गैंडामा केही समानता छन्, त्यसैले एमालेले गैंडा रोज्यो– भट्टराई

केही समय अघिसम्म माधवकुमार नेपालको पछि लागेर ओलीको खोइरो खन्दै आएका नेता भट्टराईले संसद विघटन विरुद्ध लाग्दै आएका थिए । उनले सो बेला संसद कुनै हालतमा चल्नुपर्ने अडानमा उभिए । तर पछिल्लो समय पुनः ओलीसँग फर्केपछि ती कुरा बिर्सदै संसद अवरुद्ध गर्ने बताउन थाले ।

केपी शर्मा – मंसिर २० ,२०७८

एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले एमाले र गैंडामा केही समानता भएकै कारण १० औँ राष्ट्रिय महाधिवेशनमा गैडा रोजिएको बताएका छन् । प्रेस चौतारी नेपाल चितवनले भरतपुरमा गरेको पत्रकार सम्मेलनमा नेता भट्टराईले सो कुरा बताएका हुन् ।

“एमाले र गैंडामा केही समानता भएरै गैडा छानेको हो”, उनले भने, “गैंडाले नेपाललाई विश्वसामु चिनाएको छ, यतिमात्रै होइन गैंडा सज्जन पनि हुन्छ, त्यसलाई जिस्काउनुहुन्छ, हिर्काउन थाल्नुहुन्छ भने त्यसले छोड्दैन, लेखट्छु, एमाले पनि त्यस्तै छ”, उनले भने, “एमाले शान्त छ, एमाले आफ्नो बाटोमा छ, आफ्नो भिजनमा छ । यदी कसैले एमालेलाई कसैले चलाउँछ भने गैडाले जस्तै एमालेले पनि छाड्दैन, गैंडासँग हाम्रो यही समानता छ ।”

चितवनमा एमालेले गरेको महाधिवेशन ऐतिहासिक भएको दाबी गरे । अबका दिनमा कुनैपनि राजनीतिक दलले यति ठुलो जनसमर्थनमा महाधिवेन गर्नै नसक्ने उनको जीकिर थियो । उनले भने, “हामीले रकेर्ड बनाइसक्यौँ, त्यो रेकर्ड तोड्न कसैले सक्दैनन्, नसक्ने अवस्था देखेरै अन्य पार्टीहरुले आफ्नो महाधिवेशनमा शक्ति प्रर्दशन नगर्ने घोषणानै गरिसके ।” उनले देशमा अब दुई शक्तिमात्रै रहने बताए । “कम्युनिष्ट शक्तिको नेतृत्व एमालेले गर्छ, अर्को शक्ति कांग्रेसको शक्ति हुन्छ”, उनले भने, “यी दुई शक्तिबीचमात्र प्रतिस्पर्धा हुनेछ ।”

एमालेको महाधिवेशनको उद्घाटनसत्रमा आएका कार्यकर्ता ७ लाख बढी भएको बताउँदै उनले अबको तीनै तहको चुनावमा एमालेले ५० प्रतिशत बढी मत ल्याउने नेता भट्टराईले दाबी गरे । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले दोस्रो कार्यकालको पदभार ग्रहण गर्दा यही २८ गतेबाट सुरु हुने संसद अधिवेशन चल्न नदिने भनेर दिएको अभिव्यक्तिलाई भरतपुरमा नेता भट्टराईले पनि दोहो¥याए ।

“सरकारले एमालेले कारवाही गरेका सांसदलाई संसद भवनभित्र राखिए संसद अवरुद्ध हुन्छ”, उनले भने, ““हामीले उठाएका जायज मुद्धाहरु संसदमा ठिक ढंगले सम्बोधन गर्न सक्ने ल्याकत गठबन्धनले राखेको छैन । संसदलाई पंगु बनाउने काम भएको छ ।” ५ दलीय गठबन्धनको सरकारले लोकतान्त्रिक मूल्यमान्यताहरु भत्काएको आरोप लगाए ।

  • प्रकाशित मिति : मंसिर २०, २०७८, सोमवार ०५:१० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८