उद्घाटन सत्र र बन्द सत्र सानदार संगचले भनेर भासण दिएका थापाले बन्द सत्र दुई दिन लम्बिएको र ओली इतरका पर्चा खोसेको र भोट नहाल्ने लिस्ट बाँडेको कसरी बिर्से ?
केपी शर्मा – मंसिर २० ,२०७८
नेएमालेका केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख सूर्य थापाले चितवनमा सम्पन्न एमालेको महाधिवेशनबाट देशमा एकजना बाहेक सबै खुसि भएको बताएका छन।
चितवनको भरतपुरमा प्रेस चौतारीले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन।
नेकपा माओवादीका अध्यक्ष पुस्पकमल दहाल प्रचण्डलाइ इङिगित गर्दै उनले भने,’ म यहाँ नाम लिन चाहान्न तर हामीले चितवनमा महाधिवेशन गर्ने मिति तोकेदेखि उनलाइ छटपटि भएको र महाधिवेशन सकिँदा पनि छटपटि सेलाएको छैन ।’
एमालेले कसैलाइ घेराबन्दी गर्न , टार्गेट गर्न र पछि पार्न चितवनमा महाधिवेशन नगरेको बताउँछदै उनले भने यो त पार्टी बिधान र पद्धतिका आधारमा गरिएको हो । यहाँ कसैलाइ पछि पार्न र घेराबन्दि गर्न गरिएको हैन।
चितवनका जनप्रतिनिधि र कुनै पार्टीको प्रमुखका नाताले एमालेको महाधिवेशनको निमन्त्रणालाइ स्वीकार गरि शुभकामना दिएको भए उनको मान प्रतिस्ठा बड्ने थापाले बताए। उनले भने,’ आफ्नो कद आफै घटाउने, आँफैलाई नहोच्याएको भए हुन्थ्यो ।”
उनले चितवनमा सम्पन्न एमालेको १० औँ राष्ट्रिय महाधिवेशन सानदार रुपमा सफल भएको दाबी गरे । “यति सानदार महाधिवेशन नेपालका अन्य राजनीतिक दलहरुले केही वर्ष यता गर्न सक्नेछैनन्”, उनले भने, “हामीले सानदार महाधिवेशन चितवनमा गर्यौ । उद्घाटनसत्रमा जनताको उल्लेख्य समर्थन पनि देखियो ।”
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८