• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

लुम्बिनीको कांग्रेस सभापतिमा संस्थापन इतर समुहका पुन विजयी

  • खबरदाता

लुम्बिनीको कांग्रेस सभापतिमा संस्थापन इतर समुहका पुन विजयी

 

मंसिर २०,२०७८

नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापतिमा अमरसिंह पुन मगर विजयी भएका छन् ।

पुनले प्रत्यासि भरतकुमार शाहलाई ८५ मतको अन्तरले पराजित गरेका हुन् । संस्थापन इतर पक्षका पुनले ८५२ मत पाउँदा संस्थापन पक्षका शाहले ७६७ मत पाए ।निर्वाचनमा १६ सय ३१ मत खसेको थियो ।

पदाधिकारीमा एक उपसभापति बाहेक सबै पुन प्यानलका उम्मेदवार विजयी भएका छन् ।

दुई उपसभापतिमा संस्थापन इतरका भुवन श्रेष्ठ (गुल्मी) र संस्थापन पक्षका राजु खनाल (दाङ) विजयी भएका छन् । संस्थापन इतरका रुपन्देहीका अष्टभुजा पाठक र संस्थापनका सुधाकर पाण्डे (कपिलवस्तु) पराजित भए ।

यस्तै महामन्त्रीमा विक्रम खनाल (नवलपरासी पश्चिम) र सुरेन्द्रराज आचार्य (कपिलवस्तु) विजयी भएका निर्वाचन समितिका सदस्य अधिवक्ता जीवनारायण अधिकारीले जानकारी दिए । महामन्त्रीमा संस्थापनका खिमानसिंह रायमाझी र जन्मजय तिमिल्सेना पराजित भए ।

महिला सहमहामन्त्रीमा निमा गिरी विजयी भएकी छन् । उनले संस्थापन पक्षकी सरिता चौधरीलाई पराजित गरिन् । खुल्ला सहमहामन्त्रीमा अर्घाखांचीका विष्णु खनाल मुस्कान र दाङका खगराज पाण्डे विजयी भए ।

  • प्रकाशित मिति : मंसिर २०, २०७८, सोमवार ०१:२९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८