सिटौलाको साथले बागमतीमा देउवा समुहका बानियाँ विजयी

  • खबरदाता
  • मङि्सर १९, २०७८

मंसिर १९,२०७८

नेपाली काँग्रेसको बागमती प्रदेश सभापतिमा इन्द्र बानियाँ बिजयी भएका छन।

कृष्ण सिटौला पक्षको सहयोगमा पाएका देउवा समुहका बानियाँ प्रदेश सभापतिमा विजयी भएका हुन् ।

आइतबार राति सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार अर्का प्रत्यासी रामचन्द्र पौडेल पक्षका जगदीश्वरनरसिंह केसी पराजित भएका हुन ।

२०२५ मत खस्दा बानियाँले १०८५ मत ल्याए भने केसीले ९२७ मतमात्र पाएका थिए । १३ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

पहिलो चरणको निर्वाचनमा तीन उम्मेदवारबीच प्रतिस्पर्धा हुँदा कसैको पनि ५० प्रतिशत बढी मत प्राप्त नभएपछि शीर्ष दुई मत ल्याउने केसी र बानियाँबीच दोस्रो चरणमा प्रतिस्पर्धा भएको थियो ।

पहिलो चरणको मतदानबाट सबैभन्दा कम मत ल्याएका भीमसेन दास प्रधान रिङ आउट भएका थिए। सिटौला समूहका उनले त्यसपछि बानियाँलाई समर्थन गरेका थिए।

  • खबरदाता
  • प्रकाशित मिति:मङि्सर १९, २०७८

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८