बागमतीमा देउवा प्यानलका बानियाँ अगाडी

  • खबरदाता
  • मङि्सर १९, २०७८

मंसिर १९,२०७८

काँग्रेस बागमती प्रदेशको नेतृत्व चयनका लागि भएको मतदानको ईन्द्र बानियाँको अग्रता कायमै छ।

सभापति पदको ११०८ मत गन्दा सभापति शेरबहादुर देउवा पक्षका बानियाँ पौडेल पक्षका जगदीश्वर नरसिंह केसी भन्दा ६३ मतले अगाडि छन् ।

बानियाँले ५८१ मत ल्याउँदा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका केसीले ५१८ मत ल्याएका छन् । शनिबार भएको त्रिपक्षीय भिडन्तमा केसी, बानियाँ र भीमसेन दास प्रधान कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि आज पुनः मतदान भएको थियो ।​

दोस्रो चरणमा केसी र बानियाँ बीच सभापतिमा प्रतिस्पर्धा भएको हो ।

  • खबरदाता
  • प्रकाशित मिति:मङि्सर १९, २०७८

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८