नारायण गोपालका गितहरुले गुन्जियो नारायणी कला मन्दिर

  • खबरदाता
  • मङि्सर १९, २०७८

मंसिर १९,२०७८

चितवन । स्वर- सम्राट नारायण गोपालका गितहरुले चितवनको नारायणगढमा अवस्थित नारायणी कला मन्दिर एकैछिनमा गुन्जयमान बन्यो।

स्वर्गीय स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यको ३१ औँ पूण्य स्मृतिको अवसरमा नारायणी कला मन्दिरले आयोजना गरेको ‘ग्लोवल नारायण गोपाल स्मृति साँझ २०७८’ मा कलाकारहरुले उनका कालजयी गीतहरु गाउँदा रमणीय सांझ बनेको हो ।

नारायणगढमा २०१९ सालमा स्थापना भएको कला मन्दिरले २०५८ सालदेखि हरेक वर्ष नारायण गोपाल स्मृति सांझ गरेर सम्झंदै आएको छ। उक्त स्मृति साँझमा स्थानीय कलाकारलाई प्राथमिकता दिंइदै आइएको छ। नव कलाकारलाई प्राथमिकता दिंदै गीत,कला,साहित्य, सस्कृतिको संरक्षणमा निरन्तर लागिरहेको कला मन्दिरका अध्यक्ष उद्दव जोशीले बताए ।

कोरोनाका कारण गत वर्ष भने स्मृति साँझको आयोजना गरिएको थिएन । तर सो समयमा कला मन्दिरको आन्तरिक सजावट भने गरिएको थियो। भरतपुर महानगरपलिका र वागमती प्रदेश सरकारले समेत बजेट उपलब्ध गराएपछि हललाइ आधुनिकतामा ढालिएको छ।

देउसी भैलो खेलेर जम्मा पारेक सानो रकमबाट स्थापना गरिएको कलामन्दिरले स्थानीय प्रतिभालाई राष्ट्रिय तहमा पुर्याउन ठूलो भुमिका खेल्दै आएको छ।

सुगम संगीतलाइ ऐतिहासिक योगदान पुर्‍याएका स्वरसम्राटका गीतहरुलाई स्थानीय कलाकारहरुले आफ्नो स्वरमा प्रस्तुत गरेर गुल्झार बनाएका थिए ।

कार्यक्रममा पहिलो प्रस्तुति ‘म मरेपनि मेरो देशको माया’ गाएका कलाकारहरुले दोस्रो प्रस्तुतीको रुपमा भावना देवानले ‘मेरो वेहोसी आज’ बोलको गित प्रस्तुत गरेकी थिईन् ।

लाहुरे चलचित्र गितको ‘वीरताको चिनो’ गायक मधु लामाले गाएका थिए । तुलसी घिमिरेको शब्द रहेको उक्त गीतले राष्ट्र र राष्ट्रियतालाई एकतावद्द हुन प्रेरणा दिईरहेको आभाष हुन्थ्यो ।

चौंथो प्रस्तुती गायक विश्व प्रधानले ‘तिमिलाई म के भनु’ र पाँचौ प्रस्तुतिमा युगल गित भावना देवान र मधु लामाले गाएका थिए।
त्यस्तै कविता शर्माले ‘यति धेरै माया दिई’ नामको गित गाउदा दर्शकहरुले हुटिङ गरेपछि माहोल रोमान्चित बनेको थियो ।

गायक प्रदिप कुमार श्रेष्ठ,प्रदिप भट्टराई,सूचना गुरुङ,महेन्द्र राज वराल,मिना सेन्चुरी, शिव कडेल,उदयकृष्ण श्रेष्ठ लगायतले गीत गाएका थिए।
प्रकाश पौडेलले वासुरीको धुनबाटमात्रै अल्झेछ क्याहो पछ्यौरी प्रस्तुत गर्दा माहोल झनै तातेको थियो।
कार्यक्रममा बेष्ट अडियन्स अफ द ईयरबाट वर्षा कडेललाई मायाको चिनो प्रदान गरिएको थियो ।

एउटा मान्छेको मायाले कति फरक पार्दछ जीन्दगीमा, पोखिएर घामको झुल्का,म त लालिगुराँस झै फूल्छु, मलाई नसोध कहाँ दुख्छ घाउ लगायतका गितहरु पनि कलाकारको स्वरमा परेका थिए।

चितवनको रिदम ब्याण्डले वाद्यवादनमा पूर्णरुपमै लय मिलाईदिंदा दर्शकले भरपुर मनोरञ्न लिएका थिए ।
ग्लोवल आईएमई बैक कार्यक्रमको मुख्य प्रायोजक रहेको थियो।

  • खबरदाता
  • प्रकाशित मिति:मङि्सर १९, २०७८

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८