बिना ईजाजत दैनिक निक्षेप संकलन गर्ने भरतपुरबाट पक्राउ

  • खबरदाता
  • मङि्सर १९, २०७८

मंसिर १९,२०७८

चितवन । बिना इजाजत सर्बसाधारणबाट दैनिक पैसा संकलन गरेको आरोपमा भरतपुरबा प्रहरीले एक जना पक्राउ परेका छन।

पक्राउ पर्नेमा आठबिस नगरपालिका वडा नम्बर ७ घर भइ हाल भरतपुर महानगर पालिका ७ बस्ने बर्ष २७ का पुस्पराज तिमिल्सिना रहेको चितवन प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार तिमिल्सिनाले भरतपुरको रिजाल चोकमा मेक्स मि ई-कमर्स इन्टरनेशनल नामक संस्था खोली आर्थिक कारोबार गरेको पाइएको छ।

निजले राष्ट्र बैंकबाट मान्यता (ईजाजत) प्राप्त संस्था रहेको भन्दै सर्वसाधारणलाई झुक्काएर विभिन्न आर्थिक प्रलोभन देखाई खाता खोल्न लगाई पासबुक समेत बनाई दैनिक रुपमा निक्षेप संकलन गरेक प्रहरीको आरोप छ।

अनुसन्धानका क्रममा उक्त संस्थाका कार्यकारी निर्दैशक रहेका तिमिल्सेनाले नेपाल राष्ट्र बैकको नक्कली ईजाजत पत्र तयार गरेर काम गर्दै आएको प्रहरीले जनाएको छ

तिमिल्सेनालाई यही मंसिर ६ गते पक्राउ गरी जिल्ला अदालतबाट म्याद गरि अनुसन्धान भईरहेको छ ।

  • खबरदाता
  • प्रकाशित मिति:मङि्सर १९, २०७८

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८