• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

राप्रपाको सपथ कार्यक्रम बाहिस्कार गर्दै कविता लेख्दैछन थापा

  • खबरदाता

राप्रपाको सपथ कार्यक्रम बाहिस्कार गर्दै कविता लेख्दैछन थापा

मंसिर १९, २०७८

राष्ट्रिय प्रताजन्त्र पार्टीको हालै सम्पन्न महाधिवेशनमा पराजित भएका कलम थापाले सपथ कार्यक्रम बाहिस्कार गरेका छन।

निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रममा निवर्तमान अध्यक्ष कमल थापा भने उपस्थित भएका छैनन् ।

आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको शपथग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रममा थापा अनुपस्थित भएका हुन।

अहिले पनि चलिरहेको सो कार्यक्रममा आउन छाडेर थापा कबिता लेख्न थालेका छन।
उनले सामाजिक संजालमा मेरो अन्तर्मन भित्र मेरो मान्यता माथि गंभीर प्रश्न चिन्ह खडा भएको उल्लेख गर्दै अहिलेको अवस्थामा कवि राजेन्द्र थापाको यो कविता सम्झन मन लाग्यो भन्दै ६ लाइनको कविता पोस्ट गरेका छन।

कार्यक्रममा पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनीसहित अधिकांश नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको छ ।

आफ्नो हार पछि थापाले पूर्वराजा ज्ञानेन्द्र शाहले ठाडो हस्तक्षेप गरेको आरोप लगाएका छन।
आजै बिहान सार्बजनिक भएको मत परिणाममा राजेन्द्र लिङ्देनले अध्यक्ष जितेका थिए।

  • प्रकाशित मिति : मंसिर १९, २०७८, आइतवार १०:२७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८