मंसिर १९,२०७८
चितवन । नेपाली कांग्रेस बागमती प्रदेश सभापति पदका लागि पुन मतदान हुने भएको छ।
तीन जना प्रत्यासी मध्ये कसैको पनि ५१ प्रतिशत मत नआएपछि पुनः मतदान हुने भएको निर्वाचन सिमितले जनाएको छ ।
पहिलो चरणमा भएको निर्वाचनमा सभापति पदका उम्मेदवार इन्द्रबहादुर बानियाँले ९९२, जगदिश्वर नरसिंह केसीले ८७२ र भीमसेन दास प्रधानले १९७ मत ल्याएका थिए।
कांग्रेस बागमती प्रदेशमा कूल २१ सय ५१ मतमध्ये २ हजार ८३ मत खसेको थियो । कांग्रेसको विधानमा सभापतिमा कूल खसेको मतको ५१ प्रतिशत मत ल्याएमात्र विजयी हुने प्रावधान छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८