• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

वागमतीमा काङ्ग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान हुने

  • खबरदाता

वागमतीमा काङ्ग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान हुने

 

मंसिर १९,२०७८

अध्यक्षका कुनै पनि उमेदवारको ५१ प्रतिशत मत नआएपछि नेपाली कांग्रेसको वागमती प्रदेशमा दोस्रो चरणको मतदान हुने भएको छ।

शनिबार भएको मतदानमा कुनै पनि उमेदवारको ५१ प्रतिशत मत नआएको निर्वाचन समितिले जनाएको छ।

शनिबार भएको मतदानमा सभापति पदका उमेदवार इन्द्र बानियाँले ९९२ मत ल्याए। यस्तै जगदीश्वरनरसिंह केसीले ८७२ र भीमसेनदास प्रधानले १९७ मत पाएका थिए।

शनिबार हेटौँडामा भएको मतदानमा कुल २ हजार १५१ मध्ये २ हजार ८३ मत खसेको थियो।

अब पहिलो र दोस्रो बढी मत ल्याउने उमेदवारबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ।

  • प्रकाशित मिति : मंसिर १९, २०७८, आइतवार ००:४७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८