• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

राप्रपा अध्यक्षमा २ हजार मत गन्दा लिङ्देनले अगाडी

  • खबरदाता

राप्रपा अध्यक्षमा २ हजार मत गन्दा लिङ्देनले अगाडी

मंसिर १९,२०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को मत गणनामा अध्यक्षका प्रत्यासी राजेन्द्र लिङ्देन अगाडी देखिएका छन।

मतगणनाको प्रारम्भ देखिनै उनले अग्रता लिएका थिए।बिहान ३ बजेबाट सुरु भएको मत गणनाको पछिल्लो परिणाम अनुसार २ हजार मत गणना सकिँदा ९२२ मतसहित अग्रता कायम राखेका छन्।

अध्यक्षका अर्का प्रत्यासी कमल थापाले ८१८ मत पाएका छन्। यस्तै २६० मत बदर भएको निर्वाचन समितिले जानकारी दिएको छ। थापा १०२ मतले पछि परेका छन्।

राप्रपामा चार उपाध्यक्ष र तीन महामन्त्रीसहित १४८ जना केन्द्रीय सदस्यका लागि निर्वाचन भएको हो।

सात सह(महामन्त्री, कोषाध्यक्ष, सह कोषाध्यक्ष, प्रवक्ता, सहप्रवक्तासहित २५ प्रतिशत निर्वाचित अध्यक्षले मनोनित गर्ने व्यवस्था छ।

चार उपाध्यक्षका लागि महिला कोटामा रोशन कार्की र लीलादेवी श्रेष्ठको उम्मेदवारी परेको छ। पुरुषतर्फ जगतप्रसाद गौचन, विक्रम पाण्डे, रामचन्द्र राय, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान, दिलविकास राजभण्डारी, र दुर्गा श्रेष्ठको उम्मेदवारी परेको छ।

एक महिलासहित तीन महामन्त्रीका लागि रेखा थापा, कुन्ती शाही, धवलशमशेर राणा, श्याम तिमल्सिना, भुवन पाठक र भाष्कर भद्राको उम्मेदवारी परेको छ।

राप्रपाको शनिबार अबेर रातिसम्म सम्पन्न भएको मतदानमा ३ हजार ८ सय ७३ जनाले मतदान गरेका थिए।

४ हजार ३ सय ७९ महाधिवेशन प्रतिनिधि मध्ये ५०६ जनाले मतदानमा भाग नलिएको निर्वाचन समितिले जनाएको छ।

शनिबार बिहान ११ बजेबाट सुरू भएको मतदान आइतबार बिहान १ बजे सकिएको थियो। अध्यक्षमा मतपत्र तथा अन्य पदाधिकारी र केन्द्रीय सदस्यमा ८६ मेसिनबाट विद्युतीय मतदान भएको थियो।

  • प्रकाशित मिति : मंसिर १९, २०७८, आइतवार ००:३२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८