• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

एकीकृत समाजबादी अनेम संघ चितवनको अध्यक्षमा सिलवाल

  • खबरदाता

एकीकृत समाजबादी अनेम संघ चितवनको अध्यक्षमा सिलवाल

 

मंसिर १८,२०७८

चितवन ।नेकपा एकीकृत समाजबादिको अखिल नेपाल महिला संघ चितवनको अध्यक्षमा पार्बती सिलवाल चयन भएकी छन।

सनिवार भएको जिल्ला भेलाले सिलवालको अध्यक्षतामा २०७ जनाको अनेम संघको जिल्ला कमिटी गठन गरेको हो।

यस्तै संघको उपाध्यक्षमा कल्पना सापकोटा , चन्डिका ढकाल र चन्द्रीका बानियाँलाइ चयन गरिएको छ भने सचिबमा सरस्वती लामा , सहसचिवमा कोपिला उपरकोटि,पार्बती घिमिरे र शुस्मा श्रेष्ठ खड्की र कोषअध्यक्षमा पार्बती मल्ल चयन भएका छन ।

चितवनको भरतपुरमा आयोजित घोषणा कार्यक्रममा अनेम संघ समाजवादीकी केन्द्रिय अध्यक्ष जयन्ती राईको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बिशिस्ट अतिथिमा पार्टीका पोलिटब्युरो सदस्य तथा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण खनाल रहेका थिए ।

कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तथा बागमती प्रदेश सभा सदस्य मुनु सिग्देलले शुभकामना दिदै पार्टीका विषयमा अहिलेको भए गरेका समसमायिक बिषयमा प्रकाश पारेकि थिइन।

प्रमुख अतिथि राइले अब पार्टीलाई एक ढिक्का बनाएर लैजानु पर्ने र सबै तहतप्कामा छिटोभन्दा छिटो कमिटी गठन गर्नु पर्ने र पार्टीलाइ जनता सामु लैजानु पर्ने बताइन। १६ दिने महिला हिंसा अभियान चलिरहेको बेला अनेम संघ गठन हुनु गौरबको कुरा भएको बताइन।

शुशिला लामिछानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला सचिवालय सदस्य इन्दिरा भण्डारी कटटेलले कार्यक्रमको सहजिकरण गरेकि थिइन।

  • प्रकाशित मिति : मंसिर १८, २०७८, शनिवार १४:२३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८