• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

राप्रपाको महाधिवेशनमा मतदान जारी


राप्रपाको महाधिवेशनमा मतदान जारी

मंसिर १८, २०७८

चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नमहाधिवेशनमा अहिले मतदानको कार्य भइरहेको छ । नयाँ नेतृत्व चयन गर्न मतदान जारी रहेको हो ।

राप्रपाको एकता महाधिवेशन नाम दिएर सुरु भएको कार्यक्रममा अध्यक्ष पदका लागि कमल थापा र राजेन्द्र लिङ्देन मैदानमा उत्र
भृकुटीमण्डपमा बिहान आठ बजेदेखि सुरु हुने भनिएपनि करिव १२ बजेदेखि सुरु भएको थियो ।

मतदान साँझ सक्ने कार्यतालिका छ । पूर्वनिर्धारित समयमै मतदान सुरु हुने आशमा प्रतिनिधिहरु बिहान सात बजेदेखि नै लाइनमा बसेका थिए ।

अध्यक्ष पदमा विद्युतीय मेसिन र अन्य पदमा मतपत्र प्रयोग गरिएको छ । राप्रपाको १ सय ९९ सदस्यीय कार्यसमितिमध्ये मतदानबाट अध्यक्षसहित एक सय ४९ सदस्य चुनिने छन् । बाँकी ५० जना अध्यक्षले मनोनित गर्ने राप्रपाको संशोधित विधानमा उल्लेख छ ।

समावेशीसहित १४१ केन्द्रीय सदस्यका लागि २ सय ६४ जनाले उम्मेदवारी दिएका छन् । आठ सदस्यीय पदाधिकारीका लागि १६ जनाको उम्मेदवारी परेको छ । पदाधिकारीमा एक महिलासहित चार उपाध्यक्षका लागि आठ जना र एक महिलासहित तीन महामन्त्रीका लागि ६ जना चुनावी प्रतिस्पर्धामा छन् ।
यस पटक रेखा थापाले समेत पदाधिकारीको पदमा उम्मेदवारी दिएकी छिन् । त्यस्तै विक्रम पाण्डेले पनि केन्द्रीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । त्यस्तै चितवनकै रिना गुरुङलेपनि केन्द्रीय सदस्यमा खुल्ला महिलातर्फबाट उम्मेदवारी दिएकी छिन् ।

राप्रपा महाधिवेशन मंसिर १५ देखि भृकुटीमण्डपमा जारी छ।राप्रपा महाधिवेशनमा ४ हजार ३८० मतदाता छन्।

  • प्रकाशित मिति : मंसिर १८, २०७८, शनिवार १२:३४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८