• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

‘त्यो बेला ओलीकोमा धाउने प्रचण्ड भन्दा अहिलेको प्रचण्ड धेरै बलियो छ’


‘त्यो बेला ओलीकोमा धाउने प्रचण्ड भन्दा अहिलेको प्रचण्ड धेरै बलियो छ’

आफुलाइ अहिले बलियो भएको बताउने प्रचण्डलाइ चारैतिबाट घेराबन्दि गरिँदै आएको देखिन्छ ।जहाँ पनि जहिले पनि गठबन्धन निरन्तर रहन्छ भनिरहने प्रचण्ड कति बलियो भनेर हेर्न अबको चुनाव सम्म पर्खनुपर्ने देखिन्छ ।

केपी शर्मा – मंसिर १८,२०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलेको प्रचण्ड भन्दा अहिलेको प्रचण्ड धेरै बलियो रहेको बताएका छन्।

माओवादी निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालको केन्द्रिय अधिबेशनको भरतपुरमा उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्।

एमाले र माओवादी बास्तबमै मिलेको तर ओलीको घमण्ड र सेटिङले सफल हुन नसकेको उनको भनाइ थियो।
आफूले हदै र अन्तिम सम्म ओलीलाई साथ दिएको उनले बताए। ओलीलाई साथ दिँदा दिदै हराएपछी आफूलाइ जनतालेनै खोज्न थालेको उनको भनाइ थियो।

उनले भने,“यतिका परिबर्तन ल्याएको प्रचण्ड आज कहाँ छ भन्दा बालुवाटार केपी ओली संग,भरे कहाँ छ भन्दा केपी ओली संग। यसले गर्दा जनता पनि निरास भएका थिए। जब हामी सडकमा खबरदारी गर्दै आयौँ तब जनताले साथ दिएर यो अबस्था आयो।अहिले त लाग्छ कि त्यो बेलाको प्रचण्ड भन्दा अहिलेको प्रचण्ड धेरै बलियो छ।”

चितवनमा एमालेले आफ्नो महाधिवेशनमा उतारेका कार्यकर्तालाई प्रचण्डले पञ्च¥यालीको संज्ञा दिएका छन्। जुन बेला एमालेले चितवनको नारायणीनदी किनारमा लाखौं कार्यकर्ता उतारेको थियो।
पन्चायत कालमा ठूला–ठूला पञ्च¥यालीहरू निस्कन्थे, पञ्चायतबाहेक अन्त कसैसंग जनता छैनन् जस्तोझैं भनेर देखाउने प्रयास गर्थे,उनले भने,‘चितवनमा भएको कुम्भमेलाले त्यसैको झल्को दिएको छ ।

पैसा दिएर, धाकधम्की देखाएर गरिएको अहिलेको कुम्भमेलाको पनि कुनै राजनीतिक अर्थ छैन ।”
उनले विचार बिनाको कुम्भमेला गरिएकाले कुनै राजनीतिक अर्थ नहुने दाबी गरे। आफ्नो कारणले गर्दानै चितवन सबैले मन पराएको उनले दावी थियो । उनले भने ,“चितवनमा प्रचण्ड भएकै कारण मन पराउने, नपराउने सबै यहीँ केन्द्रित हुन्छन् ।मलाइ मन पराउने पनि आउँछन् मन नपराउने त झनै आउने भए।”

संसद बैठक बोलाउन लाग्दा कतिपयले न्यायाधीशलाई महाअभियोग या एमसीसी पास गर्न खोजेको भनेको भन्दै उनले दुवै विषय राजनीतिक सहमतिमा मात्रै अघि बढ्ने बताए। यो नियमित हिउँदे अधिबेशन भएकोले बोलाउनै पर्ने भएर निर्णय भएको उनको भनाई थियो ।

उनले पाँच दलीय गठबन्धनलाई कमजोर बनाउन धेरै तिरबाट प्रयास भइरहे पनि गठबन्धन दह्रो भएर उभीने बताए।

  • प्रकाशित मिति : मंसिर १८, २०७८, शनिवार १०:१६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८