औपचारिक रुपमै चितवनबाट सुरु भयो लाइसेन्स नवीकरणको काम

  • खबरदाता
  • मङि्सर १८, २०७८

मंसिर १८,२०७८

चितवन ।

चितवनमा औपचारिक रुपमा स्मार्ट लाइसेन्स नविकरण कार्य सुरु भएको छ ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिवार स्मार्ट लाइसेन्स सेवाको शुभारम्भ गरेका हुन् ।

उक्त कार्यक्रममा बोल्दै प्रचण्डले चितवन जस्तो मध्य भागबाट यातायातका सबै कार्य गर्न सकिने उपलब्धी देशकै लागि फाइदाको कुरा हुने बताए । यातायातको चाप धेरैनै बढेकोले यस सम्बन्धि सबै काम चितवनबाटै गर्नु उचित हुन्छ, उनले भने।

यातायातका लागि चितवनमा आफूले सबै प्रक्रिया पुरा गरेको र अघिल्लो सरकारका सचिब र मन्त्रीबाट काम पक्का हुने बचन पाएको उनले सुनाए। उनले भने , काम पुरा भइसकेको जस्तो लागेको थियो तर पुरा भएको रैनरछ।

पहिले आफ्नै एकलौटि सरकार हुँदा काम गर्न नसके पनि अहिले भएको गठबन्धन सरकारबाट यो काम पुरा हुने उनले बताए ।

औपचारिक कार्यक्रममा स्मार्ट लाइसेन्स वितरण गर्दै प्रचण्डले यातायातका निम्ति आवश्यक पर्ने भौतिक पुर्वाधार र जमिन प्राप्तीका लागि पहल गर्ने बताए।

यातायातको क्षेत्रमा चुनौति रहेको बताउँदै आवश्यक र सम्भावना पनि भएको भन्दै देशको केन्द्र बिन्दुमा भएको,सवारी क्षेत्रमा चाप बढेकोले यातायात सम्बन्धी सबै सेवा सुबिधा चितवनबाटै दिनु राष्ट्रको हितमा रहेको उनको भनाई थियो । राष्टकै यातायात सेवालाई ब्यवस्थित,अनुशासित र बैज्ञानिक तरिकाले परिचालित गर्ने केन्द्रबिन्दु चितवन भएको प्रचण्डको भनाई रहेको छ ।

  • खबरदाता
  • प्रकाशित मिति:मङि्सर १८, २०७८

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८