केहि दिन अधिको मेलाले यहाँको जल, जङ्गल, जमिन र बिकास चिनेर गयो : प्रचण्ड

  • मङि्सर १८, २०७८

केपी शर्मा – मंसिर १८, २०७८

चितवन ।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिन अघि लागेको मेलाले चितवनको बिकास देखेर गएको बताएका छन् ।

नारायणी नदी किनारमा बन्न लागेको पैदल र पार्किङ स्थलको शिलान्यास कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

एमालेको १० औं महाधिवेशन उद्घाटन सत्र भएको स्थानमै शनिवार उनले शिलान्यास गरेका हुन् । एमालेका धेरै कार्यकर्ता चितवनमा आएर यहाँको बिकास देखेर दङ्ग परेको उनले बताए । साथै उनीहरुले यहाँको जल जमिन र जङ्गलको बारेमा समेत राम्रैसंग थाहा पाएको उनको भनाइ थियो।

उनले देशका सबै दलहरुलाई आफ्ना कार्यक्रमहरु चितवनमै गर्न आव्हान समेत गरेका छन् । शिलान्यास कार्यक्रममा बोल्दै उनले भने,’धेरै पार्टीहरुका कार्यक्रमहरु चितवननै होस्, जो–जो ले कार्यक्रम गर्नुछ, चितवनमै गरुन् भन्ने चाहन्छु ।’

एमालेले चितवनमा सम्पन्न महाधिवेशनलाई इङगित गर्दै महाधिवेशन चितवनमा हुनु सकारात्मक भएको बताएका छन् । उनले भने ,’निकै ठूलो मेला जस्तो जम्मा भएर नारायणी, चितवन र यहाँको पूर्वाधार विकास के हो भन्ने देशभरीका जनाताले देखेर गएका छन्।’

चितवनमा पार्टीहरुले आफ्ना कार्यक्रम गर्न केन्द्रबिन्दु बनाउनुलाइ आफूले एकदम सकारात्मक रुपमा लिएको उनले बताए । उनले भने, ’त्यो कार्यक्रम हुनुलाइ नेगेटिभ्लि लिएको छैन, पोजिटिभनै कुरा हो, चितवनबासीका लागि खुशीको कुरा हो, देशकै राजनीतिको केन्द्र चितवन बनेको छ ।’


उनले भरतपुरले विकासमा गति लिएको सन्देश देशभरी पुगेको तर्क गरे । उनले शक्तिखोरमा सुरुङमार्ग, रेल लाइन ल्याउने, मकवानपुर–चितवन–नवलपुर जोडेर बृहत्तर आर्थिक परियोजनाहरु ल्याइने दावी गरे । चितवन र भरतपुरमा हुने मोडेल विकासलाई राष्ट्रिय रुपमै अध्ययनको विषय बनाउने गरि कामहरु गरिने बताए । सीबीच मोडेलको विकासले पर्यटक, राजनीतिज्ञ र दलहरुलाई आकर्षित गर्ने अपेक्षा गरे । नदी किनारमा २.५ किमिमा मोज्याक टायल राखेर पैदलमार्ग बनाइने गरी काम सुरु भएको छ । यस्तै ३ वटा पार्किङ स्थल बनाइनेछ ।

भरतपुर महानगरका मेयर रेनु दाहालले नारायणी नदि किनारलाई पर्यटकीय गन्तव्य बनाउने गरी काम सुरु भएको बताइन् । ’नदी किनारमा चिल्ड्रेन पार्क, हरियाली पार्क, पैदल मार्ग लगायतका संरचनाहरु बनाउने गरी डीपीआर गरिसकेका छौं’, उनले भनिन्, ’नारायणी नदिको पनि संरक्षण हुनेछ, पर्यटक पनि रमाउनेछन् ।’

महानगरका अर्वान प्लानर आर्किटेक्ट अस्मिता खनालका अनुसार नदी किनारको करिव ३० बिघालाई सी बीच मोडेलमा विकास गर्न करिब २९ लाखको परियोजना स्वीकृत भएको छ । गत वर्ष महानगर र उद्योग वाणिज्य संघ चितवनको साझेदारीमा १.५ किमि पैदल मार्ग बनाइएको छ । यसपाली पर्यटन विभागबाट विनियोजित ६ करोड ६७ लाख रकमबाट पैदल मार्ग, पार्किङ स्थल र नदी किनार सम्याउने कामहरु हुनेछन् ।

यहि बैशाख २० गते सम्झौता भएको योजना आगामी साउन १९ भित्र पूरा गर्ने गरी लुम्बिनी–खानी–सिएम जेभिले निर्माणको जिम्मा पाएको हो । स्मार्ट सिटी अवधारणा अनुसार बनाइएको डीपीआरमा नारायणी नदीको सौन्दर्यकरण योजना उच्च प्राथमिकतामा पारिएको छ । पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीले महानगरका अन्य पर्यटकीय गन्तव्य विकासका योजना समेत सहयोग गरिने बताए ।

  • प्रकाशित मिति:मङि्सर १८, २०७८

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८