• चैत १६, २०८०, शुक्रवार Friday, 29 March, 2024

प्रदेश १ मा सिटौलालाइ देउवाको साथ ,९ जनाका लगि २० को उम्मेद्बारी

  • खबरदाता

प्रदेश १ मा सिटौलालाइ देउवाको साथ ,९ जनाका लगि २० को उम्मेद्बारी

मंसिर १७,२०७८

नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत प्रदेश १ को सभापतिमा पनि दुई पक्षीय भिडन्त हुने भएको छ ।

शुक्रवार भएको मनोनयनमा सभापति पदका लागि पौडेल–कोइराला पक्षबाट गुरुराज घिमिरे र नेता कृष्ण सिटौला पक्षका उद्धव थापाले नाम दर्ता गराएका छन।

प्रदेशको २ जना उपसभापतिमा गोविन्द ढुंगाना, टंक राई, विश्वनाथ रिजाल र रमेशजंग रायमाझीले उम्मेदवारी दिएका छन्।

२ जना महामन्त्रीका लागि दिपेन श्रेष्ठ, भूपेन्द्र राई, उमेश थापा र पदम सुन्दर पालुङ्गा र सहमहामन्त्रीको महिला २ जना र खुला २ जनामा प्रमिला गच्छदार, मान बहादुर लिम्बू, अन्जना ताम्ली, रोहित साह, सुभचद्र राई, सीता कार्की, वीरकाजी राई, विनोदकुमार बस्नेत, खड्गबहादुर फागो र इन्दीरा थापाले उम्मेदवारी दिएका छन्।

नेतृत्व चयनका लागि मतदान भने शनिबार दिउँसो १२ बजेदेखि बेलुका ५ बजेसम्म हुने कार्यतालिका छ । निर्वाचनमा एक हजार सात सय प्रदेश प्रतिनिधिले मतदात गर्न पाउने बताइएको छ ।

  • प्रकाशित मिति : मंसिर १७, २०७८, शुक्रवार १४:५४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८