• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

एमालेलाई पेलेरै संसद चलेको थियो, अब पनि चल्छ : प्रचण्ड

  • खबरदाता

एमालेलाई पेलेरै संसद चलेको थियो, अब पनि चल्छ : प्रचण्ड

मंसिर १७, २०७८

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो संसद अधिवेशन सहजरुपमा चल्ने बताएका छन् ।

शुक्रवार भरतपुर आएका दाहालले एमालेले पहिले देखिनै संसद अवरुद्ध गर्दै आएको र यसले सरकारका कुनैपनि कामकारवाहीलाई असर नपार्ने उनले बताए । अघिल्लो अधिवेशनमा एमालेको विरोधका वावजुद पनि अधिवेशन चलेर बजेट समेत प्रस्तुत भई पारित भएको दाहालको भनाई थियो ।
१०औँ महाधिवेशनबाट नयाँ नेतृत्वसँगै एमाले सुध्रिन्छ भन्ने आफूलाई लागेको तर उसले पुरानो शैली नछोडेको प्रचण्डले बताए ।

एमालेमा दोस्रो कार्यकाल अध्यक्ष बनेका केपी शर्मा ओलीले आफूले कारवाही गरेकालाई संसद भवन भित्र राखे संसद चल्न नदिने बताएका थिए । सो कुरा अध्यक्षको पदभार ग्रहण गर्दै एमालेको मुख्यालयबाट ओलीले भनेका हुन् । उनले भने,“महाधिवेशन गरेपछि एमाले अलिकति पोजेटिभ हुन्छ की भनेको त्यो पनि नहुने भयो भन्ने कुरा अध्यक्ष ओलीको आजको बक्तव्य बाट थाहा भयो । ”

सहज रुपमा संसद चल्ने बताएका प्रचण्डले निर्वाचन आयोग र राजनीतिक दलहरुवीच छलफल भइरहेको बताउँदै स्थानीय तहको निर्वाचन कहिले गर्ने भन्ने टुंगो लागि नसकेको बताए । साथै न्यायलय विवादवारे गठवन्धनवीच छलफल भइरहेको बताउँदै चाँडै समस्याको समाधान हुने प्रचण्डको भनाई थियो ।

  • प्रकाशित मिति : मंसिर १७, २०७८, शुक्रवार १०:५४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८