• चैत १६, २०८०, शुक्रवार Friday, 29 March, 2024

प्रकाशित भयो कक्षा १२ परीक्षाफल , कसरी हेर्ने नतिजा ?

  • खबरदाता

प्रकाशित भयो कक्षा १२ परीक्षाफल , कसरी हेर्ने नतिजा ?

मंसिर १७,२०७८

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परिक्षाफल प्रकाशित गरेको छ।

गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा शुक्रबार प्रकाशन गरिएको हो।

३ लाख ७५ हजार सहभागी भएकोपरिक्षाको नतिजामा ७ हजार ३६ परिक्षार्थिले ए प्लस ल्याएको परिक्षा बोर्डले जनाएको छ।

यस्तै, ७० हजार एक परीक्षार्थीले ‘बी प्लस’ ल्याएका छन् । ‘बी’ ग्रेड ल्याउने परीक्षार्थीको संख्या ९९ हजार ५३७ रहेको छ। ‘सी प्लस’ ल्याउने परीक्षार्थीको संख्या ७५ हजार ८८ छ भने २४ हजार ५१५ जनाले ‘सी’ ग्रेड ल्याएका छन् ।

सार्वजनिक नतिजाअनुसार तीन हजार ८७५ परीक्षार्थीले ‘डी प्लस’ ल्याएका छन् । ‘डी’ ग्रेड ल्याउने परीक्षार्थीको संख्या २९६ छ भने १० हजार ७३ जनाले ‘ई’ ग्रेड ल्याएका छन् ।

कसरी हेर्ने नतिजा ?

परीक्षाफल परीक्षा बोर्डको वेभसाइट, एसएमएस र आईभिआरमार्फत हेर्न सकिन्छ । यसका लागि वेभसाइटमा www.neb.ntc.net.no  लगइन गरेर सिम्बोल नं र जन्ममिति टाइप गरेर हेर्न सकिन्छ । भने, एसएमएस गर्नका लागि NEB टाइप गरेर एक स्पेस छोडेर सिम्बोल नं टाइप गरेर १६०० मा पठाउन सकिन्छ । यस्तै, आईभिआरका लागि १६०१ डाइल गर्नुपर्ने हुन्छ ।

कोभिड–१९ को महामारीका कारण परीक्षाको तालिका सार्वजनिक गरेर पनि दुई पटक स्थगित भएको थियो । परीक्षामा मुलुक भरबाट तीन लाख ७५ हजार परीक्षार्थी सहभागी छन् ।

  • प्रकाशित मिति : मंसिर १७, २०७८, शुक्रवार ०५:०८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८