गैँडाकोट ५ ले दिनथाल्यो आफ्नै कार्यालयबाट सेवा

  • मङि्सर १६, २०७८

मंसिर १६, २०७८

चितवन । सेवाग्राहीलाई थप सहज गराउन नवलपुरको गैँडाकोट नगरपालिका वडानम्वर ५ ले आफ्नै वडा कार्यालय स्थापना गरेको छ ।

यस अघि स्वास्थ्य चौकीको भिडियो एक्सरे लगायतका सेवा दिइरहेको भवन खाली भएपछि अहिले वडानम्वर ५ ले आफ्नो कार्यालय स्थापना गरेर दैनिक सेवा दिन थालेको वडाअध्यक्ष नवराज कडेँलले जानकारी दिए । नगरपालिका नजिकै स्वास्थ्य चौकीको अत्याधुनिक भवन निर्माण सम्पन्न भएर सेवा सुरु भएपछि यो भवन खाली भएको थियो ।

उक्त भवनलाई सदुपयोग गरेर सेवादिने प्रकृया थप व्यस्थित बनाइएको कडेँलले बताए । यस अघि वडानम्वर ४ र ५ को एउटै कोठाबाट सेवा प्रवाह भइरहेको थियो । जसका कारण निकै भीड र साँगुरो समेत हुँदा दैनिक सेवाप्रवाहमा कठिन भइरहेको थियो ।

वडाअध्यक्ष कडेँलका अनुसार नयाँ कार्यालय स्थापनासँगै वडाअध्यक्षको एउटा कार्यकक्ष, अर्काे वडा सदस्यहरुलाई जनही कुर्ची र टेवलको व्यवस्था सहित सचिव र कर्मचारीले सहजै सेवा दिने गरी व्यवस्था मिलाइएको छ । एउटा शौचालय समेत रहेको कार्यालयबाट अव भीडभाडविना सजिलै सेवा दिन पाएको र सेवाग्राही समेत खुशी भएको वडाअध्यक्ष कडेँलले बताए । वडा समितिको बैठक बस्न समेत मिल्ने गरी व्यवस्थापन गरिएको भन्दै जनताले खोजेका समय जनप्रतिनिधि सजिलै भेट्नेगरी कार्यालय व्यस्थित पारिएको उनको भनाई छ ।
गैँडाकोट ५ ले चुनावका समय जनतासँग गरेको प्रतिवद्धता भन्दा पनि धेरै काम पूरा हुँदै गएको बताउँदै कडेँलले सडक, विद्युत, खानेपानी, नदी तटवन्धन, स्वास्थ्य चौकी भवन निर्माण लगायत का विकास निर्माणका कार्यहरु गरेको बताए ।

त्यसमा गैँडाकोट नगरपालिका सहित सवैको साथ र सहयोग रहेको उनको भनाई थियो । आफू धेरै बोल्ने भन्दापनि काम गरेर देखाउन चाहाने वडाअध्यक्ष भएको बताउँदै नयाँ भवनसँगै स्वास्थ्यचौकीका लागि एम्बुलेन्स खरिदको प्रकृया पनि अघि बढेको उनले बताए ।

साथै केही महिनामै कच्ची रहेका सडकहरु पनि कालोपत्रे हुने प्रकृयामा रहेको भन्दै सकेसम्म जनतालाई सन्तुष्ट बनाउनेगरी आफूहरुले काम गरेको उनको दावी थियो ।

  • प्रकाशित मिति:मङि्सर १६, २०७८

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८