• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

रू. १ खर्ब ७१ अर्ब बक्यौता कर उठेन

  • खबरदाता

रू. १ खर्ब ७१ अर्ब बक्यौता कर उठेन

२०७८ मंसिर, १६

सरकारले रू.१ खर्ब ७१ अर्बभन्दा बढी बक्यौता कर उठाउन सकेको छैन ।

करदाता कार्यालयले निर्धारण गरेको करमा चित्त नबुझेर करदाताहरू अदालत जाँदा र समयमै करदाताले तिर्न बाँकी कर नतिर्दा ठूलो मात्रामा राज्यले कर उठाउन नसकेको हो । आन्तरिक राजस्व विभागको पछिल्लो प्रतिवेदनअनुसार न्यायिक निकायमा विचाराधीन रहेको र वास्तविक बक्यौतासमेत गरी कुल बक्यौता रू.१ खर्ब ७१ अर्ब ३९ करोड ४६ लाख उठ्न सकेको छैन ।

विभागको बक्यौता तथा बेरुजू शाखाका अनुसार बक्यौतातर्फ आर्थिक वर्ष ९आव० २०७७र७८ सम्ममा बक्यौता रू. ३९ अर्ब ४० करोड ६० लाख कर उठ्न सकेको छैन । कार्यालयहरूबाट भएको कर निर्धारणउपर करदाताले चित्त नबुझाई प्रशासकीय पुनरवलोकन तथा न्यायिक निकायमा अपीलमा रहेको बक्यौता रकम रू.१ खर्ब ३१ अर्ब ९८ करोड ८५ लाख पुगेको छ ।

आव २०७७/७८ मा रू. १० अर्व १ करोड आयकर बक्यौता उठाउने लक्ष्य रहेकोमा रू.२ अर्व ५१ करोड असुल भएको छ । यो लक्ष्यको तुलनामा २५ प्रतिशत मात्रै असुली हो । यस्तै, मूल्य अभिवृद्धि करतर्फ रू.४ अर्ब ४७ करोड लक्ष्य रहेकोमा रू. ५ अर्व ४१ करोड असुल भै लक्ष्यको तुलनामा १२१ प्रतिशत प्रगति भएको छ ।

बक्यौता समायोजनअन्तर्गत आयकरतर्फ रू. २३ अर्ब ३५ करोड लक्ष्य रहेको थियो । यसमा रू. ६ अर्ब १३ करोड असुल भएको छ । यो लक्ष्यको तुलनामा २६ प्रतिशत प्रगति भएको हो । यसैअन्तर्गत मूल्य अभिवृद्धि करतर्फ रू. १० अर्ब ४५ करोड लक्ष्य रहेकोमा रू.४ अर्ब २८ करोड असुल भई लक्ष्यको ४१ प्रतिशत प्रगति भएको छ ।

शाखामा रहेको रेकर्डअनुसार बेरुजूतर्फ आव २०७७/७८ सम्ममा आन्तरिक राजस्व विभाग र अन्तर्गतका कार्यालयहरूको रू. २८ अर्ब ८६ करोड २६ लाख ९६ हजार बेरुजू फछ्र्योट भएको छ । कुल बेरुजू रकम रू.४९ अर्ब ६१ करोड ४९ लाख १५ हजारमध्ये ५८ दशमलव १७ प्रतिशत बेरुजू फर्छ्योट भएको छ भने कुल फछ्र्योट लक्ष्यको ७७ दशमलव ७८ प्रतिशत प्रगति प्राप्त भएको छ ।

विभागका सुचना अधिकारी राजुप्रसाद प्याकुरेलका अनुसार बक्यौता तथा बेरुजू आन्तरिक राजस्व विभाग तथा अन्तर्गत कार्यालयहरूको बेरुजू अभिलेख राख्ने, बेरुजू फछ्र्योटको मासिक तथा वार्षिक लक्ष्य निर्धारण गर्ने, बेरुजू फर्छ्योटको रणनीति तयार गर्ने, बेरुजू फर्छ्योटको प्रगति अनुगमन गर्ने, बेरुजू फर्छ्योटको मासिक प्रगति तयार गर्ने, महालेखा परीक्षकको प्रतिवेदनहरूको जवाफ तयार गर्ने काम बक्यौता शाखाबाट हुँदै आएको छ ।

बेरुजू फरफारक गर्न र बक्यौता उठाउन विभागले छुट्टै युनिट परिचालन गरेको छ र हरेक वर्ष प्रगति पनि राम्रै प्राप्त हुँदै गएको उनको दाबी छ ।

  • प्रकाशित मिति : मंसिर १६, २०७८, बिहीवार ०१:१० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८