• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

चितवन काँग्रेसको जिल्ला अधिवेशन सुनिश्चित गर्न माग

  • खबरदाता

चितवन काँग्रेसको जिल्ला अधिवेशन सुनिश्चित गर्न माग

 

मंसिर १५, २०७८

चितवन । चितवन काँग्रेसको जिल्ला अधिवेशन अनिश्चित बनेपछि चाँडै नयाँ मिति घोषणा गरेर सूचारु गर्न माग गरिएको छ ।

सभापति पदका उम्मेदवार कैलाश कोइराला, क्षेत्रीय सभापति भरत लामिछाने लगायत महाधिवेशन प्रतिनिधिहरुको समेत हस्ताक्षर गरी चाँडै जिल्ला अधिवेशन गर्न माग गरिएको हो ।

काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत चितवनमा वडा, पालिका, प्रदेश तथा क्षेत्रीय अधिवेशनहरु सम्पन्न भइसकेका छन् । मंसिर १० र ११ गते जिल्ला अधिवेशन गर्ने गराउने भनिएपनि नेकपा एमालेको १०औँ महाधिवेशनकालाइ कारण देखाउदै सारिएको थियो ।तर सारिएको मितिमा समेत अधिवेशन हुने निश्चित नदेखेपछि उनीहरुले बुधबार प्रेस विज्ञप्ति मार्फत जिल्ला अधिवेशनको माग गरेका हुन् ।

मंसिर १२ गते जिल्ला कार्यसमितिको बैठक बसेर सभापति जितनारायण श्रेष्ठले मंसिर १४ गते मनोनयन र १८ गते मतदानको प्रस्ताव गर्दा समेत प्रदेश अधिवेशन अगावै जिल्ला अधिवेशन गर्नुपर्ने आफूहरुको प्रष्ट दृष्टिकोण रहेको बिज्ञप्तिमा भनिएको छ ।

त्यसपछि पुन जिल्ला कार्यसमिति र आकाक्षिहरुवीच बैठक बसेर मंसिर १५ गते मनोनयन र २१ गते मतदान गर्ने मिति सिफारिस भएको थियो । पटक पटक मिति सार्ने र स्थगित हुने भएपछि अहिले मुख्य निर्वाचन अधिकृत कमलमोहन पोखरेलले समेत राजीनामा दिएका छन् । उनले आफू अस्वस्थ्य भएका कारण अवका अधिवेशन गराउन नसक्ने राजीनामा पत्रमा उल्लेख गरेपनि भित्रि कारण भने पटक पटकको मिति घोषणा र स्थगितनै रहेको उनीहरु बताउँछन् ।

मुख्य निर्वाचन अधिकृतले समेत राजीनामा दिएपछि जिल्ला अधिवेशन अनिश्चित बनेको भन्दै पार्टी अधिवेशन नगर्ने र तदर्थवादमा संचालन गर्न खोजिएको भन्दै विरोध जनाइएको छ ।आफूहरुले महाधिवेशन सुनिश्चितताको अभियाननै संचालन गर्ने र उक्त अभियानमा सहयोग समर्थन र संलग्न हुन अन्य प्रत्यासी उम्मेदवारहरुलाई समेत आह्वान गरिएको छ ।

बिज्ञप्तिमा महाधिवेशन प्रतिनिधिहरु केदार कोइराला ,शम्भु भण्डारी ,मिना खरेल, निरु कार्की ,गौरी श्रेष्ठ ,कमला रानाभाट,साजन महतो , सबिता बराल,कमला कुमारी पौडेल र ऋषि प्रसाद खनालले हस्ताक्षर गरेका छन ।

  • प्रकाशित मिति : मंसिर १५, २०७८, बुधवार १०:१४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८