• चैत १५, २०८०, बिहीवार Thursday, 28 March, 2024

आफु हारेर पार्टी ,बिधान र पद्धतिलाइ जिताउँदै फर्किए रावल


आफु हारेर पार्टी ,बिधान र पद्धतिलाइ जिताउँदै फर्किए रावल

 

मंसिर १५,२०७८

नेकपा एमालेको १० औं केन्द्रिय महाधिवेशन बिधिवत रुपमा समापन भएको छ।

मंसिर १० गते नारायणी नदि किनारबाट निकै तामझाम र उत्साहका साथ सुरु भएको १० औं महाधिवेशन सौराहा हुँदै १४ गते सम्म आइपुग्दा १० गतेको तामझाम र उत्साह निकै फिक्कामा परिणत भयो ।

अध्यक्ष केपी शर्मा ओलीले भारि मतानन्तरका साथ प्रत्यासी डा। भिम रावल माथि बिजय हासिल गर्न सफल भए।ओलीको १ हजार ८३७ मत आउँदा रावलको जम्मा २२३ मत मात्र आयो । अर्थात १ हजार ६१४ मत बढी ल्याएर ओली दोस्रो कार्यकालको लागि पार्टीको अध्यक्ष बन्न सफल भए।

उनकै पार्टी भित्रका नेता तथा कार्यकर्ताले राजनेताको पगरी भिडाएका ओलीले चितवनको सौराहाबाट त्यो पगरी गुमाएर फर्केका छन।एमाले पार्टी भित्र २०र२५ बर्ष देखि चल्दै आएको चुनावी प्रतिस्पर्धाको बिशाल आयामलाइ उनले सानो घेरा भित्र बन्द गरिदिने प्रयास गरे। यसको लागि उनको नेतृत्वमा चलेको महाधिवेशन भरको समय भित्रका हर्कतलाइ हेर्दा प्रष्ट हुन्छ ।

पार्टी भित्र चल्दै आएको प्रतिस्पर्धाको अभ्यासमालाइ उनले नारायणीमै बगाउने मनसाय बनाए । केहि हद सम्म त बगाए पनि तर पार्टी भित्रकै दुइ नेता जसले थोरै मात्र भएपनि पगरिको साख बचाएर ओलीलाइ फर्काउन सफल भए। पार्टी भित्र आम सहमति गर्ने बाहनामा ओली पुरै पार्टीनै कब्जा गर्न चाहान्थे ।पार्टीमा म र मेरो विकल्प छैन भएर बिश्वलाइ देखाउन चाहान्थे।

माओवादीसंग मिलेर नेकपा बनेपछि देखिनै पार्टी भित्र बादशाहको रुपमा चल्दै आएका थिए ओली । अदालतको निर्णयबाट नेकपा बिभाजन भएर एमालेनै बनेपछि त ओलीको सामु पर्ने कसैले कोसिसनै गरेनन ।अझै माधब कुमार नेपाल पार्टी फुटाएर गएपछि त झन सजिलोनै भयो ओलीलाइ । पार्टीमा जेजति रहेबसे ती सबै घुँडा टेकेरै बसे।दासत्त्व स्विकार्दै जे भन्छन त्यो मान्छु भन्दै बसिरहे।

आफु भन्दा फरक धार बोकेका कार्यकर्तालाइ उनले हरेक कुरामा पेल्दै आए। न बैठक न भेला सबै स्थानमा ओलीले आफु इतरकालाइ बाल गर्नै छाडे। तर महाधिवेशनको दौरानमा चुनावमा जानु पर्ने बाध्यताका कारण ओलीले नराम्रो झड्का बेहोर्नु पर्‍यो । उनले त पक्कै पनि सहज महसुश त गरेननै होला तर उनीसंग चुनावी प्रतिस्पर्धामा उत्रिएका रावल र भुसालले भने सहजताकै साथ ओली र नेकपा एमालेको साख बचाएर इतिहास रचिदिए। रावल आफु हारे तर कानुनी र बैधानिक रुपमा ओलीलाइ जिताए अनि पार्टीलाइ बचाए।

ओलीले चुनाबि मैदानमा पनि बिरोधका आवाजहरुलाइ सहज रुपमा लिने प्रयास गरेनन । प्रतिस्पर्धा गर्नु पर्ने देखेपछि उनले चुनाव रोक्ने हरेक चालबाजि गरे।उनले बिना चुनाव आफ्नालाइ तानतुन पार्दै ३०१ जना घोषणा गर्ने योजना मध्य रातमै बनाए। आफैले प्यानल बनाएर चुनाव लड्न नपाउने प्राबधानलाइ लत्याए। अनि अन्तिम सम्म आइपुग्दा बन्दसत्र भित्रै प्यानलको नामनै पढेर सुनाए । तर त्यो सम्भब भएन ।

चुनाबमा पनि हरेक जुक्ति लगाए। मतदान सुरु हुनासाथ आफु बिरुद्ध र आफ्नो पकेट लिस्ट भन्दा बाहिरकालाइ भोट नहाल्नु भन्ने पर्चा वाँड्न लगाए । यो कुरालाइ ओलीका उत्तराधिकारी मानिने शंकर पोखरेललेनै स्वीकार गरिसकेका छन। यो ओलीको सांकेतिक निर्देशनमै गरिएको थियो।

तोकिएको महाधिवेशन दुइदिन ढिला गरि १४ गते राति सकियो। घोषणा तथा सपथ कार्यक्रममा पनि भिम रावल सहज रुपमै देखा परे।आफुले हारे पनि पार्टीको बिधान र पद्धतिलाइ बचाएर १० औं महाधिवेशन सफल पारेको रावलले बताएका छन। रावलको यो कार्यलाइ पार्टीका बुज्रुक धेरै कर्याकर्ताले भित्रभित्रै सलोट गरिरहेका छन।
हरेक तबरबाट पेलिएर , पिल्सिएर हप्कि खाएर जस्तो सुकै परिस्थितिको सामना गरेर भएपनि पार्टी बचाउदै रावल बुधबार बिहाननै काठमाडौं फर्किए।

  • प्रकाशित मिति : मंसिर १५, २०७८, बुधवार ०६:०९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८