• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

एमालेको मतदान सकियो, मत परिणाम चाँडै आउने

  • खबरदाता

एमालेको मतदान सकियो, मत परिणाम चाँडै आउने

मंसिर १४,२०७८

चितवन । चितवनको सौराहामा जारि एमालेको मतदान सकिएको छ।
बिहान ४ बजेदेखि सुरु भएको मतदान साढे १० बजे तिर सकिएको हो । जम्मा २ हजारौं १५३ प्रतिनिधि रहेकोमा २ हजार भन्दा बढी मत खसेको जनाइएको छ।

अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको सूचीप्रति केही नेतासँगै प्रतिनिधि सन्तुष्ट नभएपछि चुनावी प्रक्रिया सुरु भएको थियो ।

चुनावमा अध्यक्षका लागि निवर्तमान अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावल प्रतिस्पर्धामा छन् । त्यस्तै उपाध्यक्षका लागि ओलीले घोषणा गरेकाबाहेक घनश्याम भुसाल मैदानमा छन् । सचिवमा पनि ओलीले घोषणा गरेकाबाहेक भीम आचार्य र टंक कार्की चुनाव लडेका छन् । आचार्य यसअघि पनि सचिव थिए ।

वरिष्ठ, उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध भएका छन् ।

सदस्यहरुका लागि पनि मतदान भएको छ ।
विद्युतिय माध्यमबाट मतदान गरिएकोले परिणाम चाडै आउने छ।

  • प्रकाशित मिति : मंसिर १४, २०७८, मंगलवार ०५:२३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८