• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

म्याग्दीमा जिप दुर्घटना हुँदा वडा सदस्यसहित ४ जनाको मृत्यु

  • खबरदाता

म्याग्दीमा जिप दुर्घटना हुँदा वडा सदस्यसहित ४ जनाको मृत्यु

मंसिर १४,२०७८

म्याग्दीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।

जिल्लाको रघुगंगा गाउँपालिका–१ बेगमा भएक उक्त दुर्घटनामा एक जना वडा सदस्यसहित चार जनाको मृत्यु भएको छ । मृत्यु हुने एक महिला र तीन पुरुष रहेको प्रहरीले जनाएको छ।

बेनीबाट बेगको सिमतर्फ जाँदै गरेको ग १ ज ७२५१ नम्बरको जिप सोमबार साँझ पाँच बजेतिर औंलामा दुर्घटना भएको थियो।

मृत्यु हुनेमा ३० वर्षीया गौमाया विक, जिप चालक ३५ वर्षीय दुतबहादुर थापा, ३० वर्षीय खिमु पुन र ४५ वर्षीय खिमानन्द शर्मा रहेको प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले जानकारी दिए । प्रहरीका अनुसार गौमाया विक रघुगंगा गाउँपालिका–१ बेगकी निर्वाचित वडा सदस्यसमेत हुन् । पुन र शर्माको घटनास्थलमा तथा चालक थापा र विकको उपचारका लागि बेनी ल्याउँदा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ५४ वर्षीय बलबहादुर विक, २३ वर्षीय मनोज पुन, २० वर्षीय भीम फगामी र ३० वर्षीय ज्ञानबहादुर शेरपुञ्जा घाइते भएका छन् । उनीहरुलाई बेनी अस्पतालबाट थप उपचारका लागि कास्कीको पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको छ ।

निलगिरी यातायात प्रालिको जिप सडकबाट करिब तीन सय मिटर तल खोल्सामा खसेको छ ।

  • प्रकाशित मिति : मंसिर १४, २०७८, मंगलवार ००:४० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८