केपी शर्मा- मंसिर १३,२०७८
चितवन । नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले गृह जिल्ला चितवनबाटै केन्द्रिय सदस्यको उम्मेदवारी घोषणा गरेका छन ।
सोमबार भरतपुरमा एक कार्यक्रमको आयोजना गर्दै उनले अब आउने महाधिवेशनमा जित हासिल गर्ने गरि उम्मेद्बारी घोषणा गरेको बताएका हुन।
उम्मेद्बारी घोषणा कार्यक्रममा उनले अधिकांस महाधिबेशन प्रतिनिधि लगायत अन्य अग्रजहरुलाइ उपस्थित गराएका थिए । सो कार्यक्रममा काङ्ग्रेस कार्यकर्ताको ठुलै सहभागिता थियो।
कार्यक्रममा नेपाली काँग्रेस चितवनका निवर्तमान सभापति टेक प्रसाद गुरुङ्, पूर्ब सभापति कृष्णलाल सापकोटा, तोपमानसिंह गुरुङ्, प्रदेश सभा सदस्य बलराम पौडेल, जिल्ला सभापतिका आकांक्षिहरु कैलाश कोईराला, उत्तम जोशी, प्रा.डा.सूर्यकान्त घिमिरे, राजेश्वर खनाल र बिजय भूषालको समेतको उपस्थिति थियो ।
घोषणा सभामा बोल्दै उनले ७५ वर्षको इतिहाँसमा चितवन काङ्ग्रेसको केन्द्रमा पहुँच नपुग्नु दुर्भाग्य भएको उनले बताए । केन्द्रमा पहुँच नपुग्दाकै कारण काँग्रेस चितवनलाई केन्द्रले दाँया, बाँया गरिरहेको उनको भनाइ थियो । उनले भने “काँग्रेसको ७५ वर्षको इतिहाँसमा अहिले सम्म केन्द्रिय सदस्य पाउन सकेको छैन । यो तोड्नका लागि सबै एक भएर निर्वाचनमा होमिनु जरुरी छ ।
चितवन काङ्ग्रेसमा आफु कसैलाइ जिताउन र हराउन नलागेको उनले बताए । आफुले ३ बर्ष अघिनै पुन जिल्ला सभापति नबन्ने घोषणा गरेकोले आफुलाइ जिल्ला अधिबेशन सम्बन्धमा शंका नगर्न समेत उनले आग्रह गरे।
आफ्नो उम्मेदवारी आदिवासी जनजातिको ८ वटा कलस्टर बाट जाने केन्द्रिय सदस्यमा रहेको भन्दै जिल्लाबाट उम्मेदवार रहेका सबै सहयोग गर्न महाधिबेशन प्रतिनिधिहरुलाई उनले आग्रह गरे ।
जित नारायण आफुले केन्द्रिय सदस्यमा उठ्दै गर्दा आफुलाइ भोट माग्ने तर कुनै साथीलाइ हराउँ भन्ने अभियानमा लाग्दैन उनले भने ।
हजुरबुबा स्व. हर्क बहादुर र स्व.पिता बल बहादुर श्रेष्ठको प्रेरणा र साथ पाएर राजनीतिमा लागेको बताएका श्रेष्ठ खरो काङ्ग्रेसका रुपमा चिनिन्छन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८