• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चितवनबाट ओलीको लिस्टमा कोको परे १२ जना ?

  • खबरदाता

चितवनबाट ओलीको लिस्टमा कोको परे १२ जना ?

मंसिर १३,२०७८

 

चितवन । चितवनको सौराहामा जारि एमालेको १२ औं महाधिवेशनको बन्द सत्रमा सहमति भएको भन्दै अध्यक्ष केपी शर्मा ओलीले नाम पढेका थिए।

सहमतिका आधारमा तयार गरेको भनिएको लिस्टमा चितवनबाट १० जना भाग्यमानी परेका छन।
खुल्ला तर्फबाट रामबहादुर थापा बादल परेका छन।उनलाइ अध्यक्ष ओलीले उपाध्यक्षको लिस्टमा अटाएका छन।

यस्तै नेता सुरेन्द्र पाण्डेलाइ पनि ओलीले आफ्नो लिस्टमा समाबेश गर्दै ६ जना उपाध्यक्ष भित्रै पारिदिए।

अन्य खुल्ला तर्फ कपिल शर्मा ,सीता पौडेल ,काशिनाथ अधिकारी ,देवी ज्ञवाली ,जेएन थपलिया बालिका गिरि र दावा लामालाइ समेटिएको छ।

खुल्ला महिलामा प्रभा बराल परेकि छिन भने दलित महिलामा शिवकुमारी गोतमेलाइ र
बागमती प्रदेशको महिलामा पार्वती रावल रावललाइ चयन गर्न प्रस्ताब गरिएको छ।

रावल एमाले चितवनकि अध्यक्ष पनि हुन।

  • प्रकाशित मिति : मंसिर १३, २०७८, सोमवार ०१:११ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८