मंसिर १३,२०७८
चितवन । धेरै लामो प्रयास पछि नेकपा एमालेका अध्यक्षका केपी शर्मा ओलीले केन्द्रिय सिमितको नामावली सुनाए।
सहमति जुटाएर सुनाइएको भनिए पनि उक्त नामावलीमा धेरैले आफु नपरेको गुनासो गरेका छन।
सौराहमा जारी दशौं महाधिवेशनको बन्दसत्र रोकेर दिनभर नेताहरूसँग छलफल गरे पनि अन्तत चुनाब हुनेनै भयो । अध्यक्ष पदमा ओली र रावल बिच भिडन्त हुने भएको छ।
लोकतान्त्रिक पद्धति बाहिर गएर गरिएको निर्णयमा रावलले बिमति जनाए पछि एमालेले १० औं महाधिवेशन बिनाचुरहित हुन सकेन।
निर्बाचन कार्य तालिका पनि सार्बजनिक गरिएको छ।जस अनुसार अध्यक्षमा भिम रावलले उम्मेद्बारी हाल्ने पक्का छ।
मध्य रातमा ओलीले प्रस्ताव गरेको पदमा संख्या भन्दा बढी उम्मेदवार परे ती पदहरूमा चुनाव हुने देखिएको छ।यता नेता घनश्याम भुसाल पनि ओलीको पकेटमा अटाउन सकेका छैनन। त्यसैले उन पनि उम्मेद्बारी पर्ने संभावना देखिन्छ । उनले उम्मेदवारी दिए उपाध्यक्ष पदमा पनि निर्वाचन हुन्छ ।
केन्द्रीय सदस्यहरूमा पनि धेरै आकांक्षीको नाम छुटेको छ । त्यसैले ती पदमा पनि निर्वाचन हुने सम्भावना छ । नेता सुवासचन्द्र नेम्बाङका अनुसार आवश्यक संख्या भन्दा बढी भएका पदमा निर्वाचन हुन्छ ।
मध्यरातमा सुरू भएको बन्दसत्रमा ३०१ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेका ओलीले अध्यक्ष मण्डलमा १९ जना पदाधिकारीबारे छलफल गरेका थिए । उनले अध्यक्ष मण्डलमै रहेका रावललाई उपाध्यक्षमा बस्न प्रस्ताव समेत गरेका थिए । तर रावलले उनको प्रस्तावलाई अस्वीकार थिए।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८