बिधानमै कसैले चाहेमा, उम्मेद्बारी दिएमा चुनाब हुने उल्लेख हुँदाहुँदै ओली आफै बिधान बन्न खोज्दैछन।
केपी शर्मा – मंसिर १२,२०७८
चितवन । रामाइलो सौराहा अहिले घमाइलो भएको छ।मौसम सितल सितल भएपनि राजनीतिक माहोल भने निकै तातेको छ ।
बिहान १० बजेबाट सुरु हुने भनिएको दोस्रो चरणको बन्द सत्र ३ बजे सम्म पनि सुरु हुन सकेको छैन । प्रतिनिधिहरु हरुहल भित्र आ- आफ्नै तालमा छन। उनीहरु कतिबेला बन्द सत्र सुरु होला भनेर नेताहरुलाइ कुरिरहेका छन।महाधिवेशन प्रतिनिधिहरु धेरै जसो बाहिरनै अरेमरे पर्दै बसिरहेका छन।
संचरकर्मिहरुलाइ पनि महाधिवेशन हलमा प्रबेश गर्न दिइको छैन ।पत्रकाहरु अहिले महाधिवेशन प्रतिनिधिलाइ बोलाएर क्यामरा अगाडी राख्दै अन्तरबार्ता तथा लाइभ गरिरहेका छन। संधै भाउ नपाउने कार्यकर्ता तथा तेताहरु पनि अहिले पत्रकारका प्रश्नका उत्तर दिन पाउदा निकै मख्ख देखिएका छन।
अध्यक्ष ओलीले भने सहमतिको लागि भन्दै विभिन्न नेता तथा कर्याकर्ता बोलाएर आफु बसेको होटलमै बैठक गरिरहेका छन। यसो हेर्दा लाग्छ सानो तिनो बन्द सत्र ओली बसेको पार्क सफारी होटलमै चलिरहेको छ।
बिहानै देखि लागेको भिड यो समाचार तयार पर्दा सम्म उस्तै छ।
पार्क सफारिमा दुई थरिको भिड देख्न सकिन्छ ।एउटा ओलीले बोलाएका हरुको भिड अर्को भने अब ओलीकै निगाहमा कसरी पद पाउने भन्ने नेता तथा कार्यकर्ताको भिड। कार्यकर्तालाइ पनि सजिलो भएको छ। चुनाब भएको भए सयौंसंग मत माग्नु पर्ने थियो।अहिले ओलीलाइ मात्र रिजाए पुग्ने भो।
यता ओलीको निम्तालाइ घनश्याम भुसालले इन्कार गरेका छन। उनले आफ्नो कदमबाट पछि नहट्ने कुरा प्रष्ट पारिरहेका छन।
उता भिम रावल र ओलीको बर्ता हुने कुरा पनि टर्दै गएको देखिन्छ ।पार्टी भित्र यस्तो अन्योलताले बास्तबिक रुपमा एक ढिक्का भएको एमाले देख्न चाहाने कार्यकर्ता भने निरास भएका छन।
अहिले भने ओली पुर्ब माओवादी नेताहरुसंग बैठक गरिरहेको बिझिएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८