• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

देउवाले फेरे काङ्ग्रेस केन्द्रिय निर्वाचन सिमितको संयोजक

  • खबरदाता

देउवाले फेरे काङ्ग्रेस केन्द्रिय निर्वाचन सिमितको संयोजक

मंसिर १२,२०७८

 

प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका अध्यक्ष शेरबहादुर देउवाले केन्द्रिय निर्वाचनका संयोजक परिबर्तन गरेका छन।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनका मुखमा केन्द्रिय निर्वाचन समितिको संयोजक रहेका महादेव प्रसाद यादवको स्थानमा गोपाल घिमिरेलाइ ल्याइएको छ।उनी

यसअघिका संयोजक महादेवप्रसाद यादवले पदबाट राजीनामा स्वीकृत गर्दै उक्त निर्णय गरिएको काङ्ग्रेसले जारि गरेको बिज्ञप्तिमा जनाइएको छ।

साथै निर्वाचन समितिको संयोजकको जिम्मेवारी गोपालकृष्ण घिमिरेलाई दिइएको छ। उनी निर्वाचन समितिका सदस्य थिए। उनी वरिष्ठ अधिवक्ता पनि हुन।

सभापति देउवाको गृहजिल्ला डडेल्धुरामा देखिएको विवादले गर्दा संयोजक यादवले राजीनामा दिएका थिए। तर कांग्रेसले जारी गरेको सूचनामा भने स्वास्थ्यको कारण देखाएर राजीनामा दिएको उल्लेख छ।

  • प्रकाशित मिति : मंसिर १२, २०७८, आइतवार ०७:२१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८