मंसिर १२,२०७८
नेकपा एमालेमा प्रजातन्त्र लुटिएको छ। लामो समय सम्म पार्टीमा आफ्नो धन र समय खर्चेका कार्यकर्ताको आफुले आफ्नो नेता छान्ने अधिकार समाप्त पार्न खोजिएको छ।
महाधिवेशन अघिका धेरै बैठक र छलफलमा एमालेमा सर्बसम्मत नेतृत्व चयनको कुरा उठाउदै आइको थियो।त्यति मात्रै हैन ओलीले बारम्बार महाधिवेशनमा प्यानल खडा गर्न नपाइने गर्जन दिदै आएका थिए।
तर ओलीले आफै आज प्यानलनै घोषणा गर्न लाग्दैछन।सहमतिको नाममा औनले आफ्ना मुठि भरकालाइ आफ्नो प्यानलनै बनाएर जबर्जस्त घोषणा गर्ने तयारि छ।यसका लागि उनले १९ जनाको नामावली समेत तयार पारि खल्तीमै राखेका छन।
उनले आइतबार बन्दसत्रमा १९ पदाधिकारीसहित ३०१ केन्द्रीय सदस्य, तीन आयोगका पदाधिकारी र सदस्यहरुको प्यानललाई निर्वाचित गर्ने प्रस्ताव पेस गर्दैछन् । शनिबारको बन्द सत्रले अध्यक्ष ओलीलाई विवादकाबीच पदाधिकारी र सदस्यहरु चयन गर्ने जिम्मा सुम्पिएको थियो ।
फरक मत राख्ने भिम रावललाइ आइतबारको सत्रमा सहजै पाखा लगाइने प्रष्ट छ। सनिवारनै रावलले फरक मत राख्दै गर्दा ओली लबिङका कर्याकर्ताले हल भित्रै हुटिइङ गरेका थिए। त्यति मात्र हैन सनिवारको बन्द सत्र सकिएपछि रावललाइ सुरत्रा थ्रेट भन्दै थप सुरक्षा प्रदान गर्नु परेको थियो।
कसैको निगाहमा नेतृत्व चयन गर्दा अहिले राम्रै होला तर भबिस्यमा पार्टी भित्र अप्रजातान्त्रिक शैली कायम रहने चिन्ता रहेको रावलले भनेका थिए।
कुन बिधानबाट यहाँ हामी केहि मान्छे बसेर नेतृत्व घोषणा गर्दैछौं भन्दै उनले ओली माथि प्रश्न गरेका थिए।यदि सहमति गर्नेनै हो भने कसैले पनि कुनै पदमा उमेदवारी नदिदा भैगयोनि भन्दै रावलले आफ्नो फरक मत राखेका थिए।
शक्ति सन्तुलनलाई ध्यानमा राखेर ओलीले नामावली प्रस्ताव गर्ने तयारी गरिसकेको बताइएको छ । ओलीले तयार पारेको प्यानलमा अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, उपाध्यक्षमा सुवास नेम्वाङ, रामबहादुर थापा, बादल, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, भीम रावल र अष्टलक्ष्मी शाक्य, महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, टोपबहादुर रायमाझी र घनश्याम भुसाललाई ल्याउने तयारी गरेका छन् ।
यद्यपि, अध्यक्षको उम्मेदवार रहेका भीम रावल र उपाध्यक्षको उम्मेदवार रहेका घनश्याम भुसालले भने ओलीलाई नाम सिफारिसको अधिकार दिएकोमा सनिवारनै आपत्ति जनाएका छन् । निर्वाचन छाडेर व्यक्तिलाई पदाधिकारी र सदस्यहरु चयन गर्ने जिम्मेवारी दिँदा ‘लोकतन्त्रकै चीरहरण’ हुने उनीहरुको तर्क छ । अधिकांश प्रतिनिधिले उपहासचिव विष्णु पौडेलले प्रस्तुत गरेको प्रस्तावमा ताली बजाउँदा रावल र भुसालले आपत्ति जनाएका थिए । यसले केहीबेर बन्दसत्रमा हंगामा नै भएको थियो । दुवैले आफ्नो उम्मेदवारी यथावत रहेको बताइरहेका छन।
तर ओलीले प्रस्ताव गर्ने प्यानल सर्वसम्मति पास हुनेमा सकस देखिएको छ । उनले प्रस्ताव गरेको प्यानलमा सहमति नभए विवाद भएको सिटमा निर्वाचन हुनसक्ने देखिएको छ ।
संशोधित विधानअनुसार १९ पदाधिकारीमा अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष छ, महासचिव एक, उपमहासचिव तीन र सचिव सात जना रहने छन् । पार्टीको प्रदेश कमिटीका अध्यक्ष मताधिकारसहित पदेन केन्द्रीय सदस्य रहने छन् ।
पदाधिकारीसहित केन्द्रीय कमिटीले ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्यूरोे गठन गर्ने छ । विधानमा पोलिटब्यूरोको काम, कर्तव्य र अधिकार पनि तोकिएको छ । केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र केन्द्रीय निर्वाचन आयोग अध्यक्ष, उपाध्यक्ष र सचिवसहित २५ सदस्यीय हुने छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८